पत्रिकाहरूबारे के भन्ने?
ब्यूँझनुहोस्! फेब्रु. ८
“हामी सबै जना आफ्ना छोराछोरीले सुखी, सफल जीवन बिताएको हेर्न चाहन्छौं। आजको तनावग्रस्त संसारको सामना गर्न छोराछोरीलाई चाहिने सबैभन्दा अत्यावश्यक कुरा तपाईंलाई के हो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि हितोपदेश २२:६ पढ्नुहोस्।] ब्यूँझनुहोस्!-को यस अंकले छोराछोरीलाई कुन कुराको आवश्यकता छ र आमाबाबुले यो आवश्यकता कसरी पूरा गर्न सक्छन् भनी बताउँछ।”
प्रहरीधरहरा फेब्रु. १५
“धर्मको नाउँमा गरिने खराब कामहरूले गर्दा थुप्रै मानिसहरू पिरोलिएका छन्। कसै-कसैको विचारमा मानिसजातिका समस्याहरूको जड भनेकै धर्म हो। के तपाईंले यसबारे कहिल्यै विचार गर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि प्रकाश १८:२४ पढ्नुहोस्।] यस विषयमा बाइबलले के भन्छ भनेर यस पत्रिकाले केलाउँछ।”
ब्यूँझनुहोस्! फेब्रु. ८
“कूटनीतिद्वारा साँचो विश्व शान्ति प्राप्त गर्न सकिन्छ भनेर थुप्रै मानिसहरू विश्वास गर्छन्। त्यसो हो भने, शान्ति वार्ताहरू खासै सफल नहुनुको कारण के हो? [जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकाले कूटनीति अक्सर असफल हुनुका वास्तविक कारणहरू केलाउँछ। यसले बाइबलमा प्रतिज्ञा गरिएको नयाँ संसारबारे पनि बताउँछ, जहाँ साँचो शान्तिको हाम्रो चाहना पूरा भएको देख्नेछौं र सदासर्वदा हामी त्यस शान्तिको उपभोग गर्न पनि सक्छौं!” भजन ३७:११, २९ पढ्नुहोस्।
प्रहरीधरहरा मार्च १
“एक चोटि येशू ख्रीष्टलाई यस्तो प्रश्न सोधियो: ‘सबै आज्ञाहरूमा पहिलो चाहिं कुन हो?’ उहाँको जवाफ याद गर्नुहोस्। [मर्कूस १२:२९, ३० पढ्नुहोस्।] येशूले के भन्न खोज्नुभएको होला भनेर के तपाईं कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] ‘हामी कसरी परमेश्वरप्रति आफ्नो प्रेम देखाउँछौं’ भन्ने लेखले ती प्रख्यात शब्दहरूको अर्थ केलाउँछ।”