प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 फेब्रुअरी p. १२
  • पत्रिकाबारे के भन्‍ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने?
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००८
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
  • पत्रिकाहरूबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 फेब्रुअरी p. १२

पत्रिकाबारे के भन्‍ने?

प्रहरीधरहरा फेब्रु. १

“धेरैको विचारमा सधैं सत्य बोल्नु एकदमै राम्रो हो। तर सधैं सत्य बोल्नु किन राम्रो हो भनेर तपाईंले सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌ र एफिसी ४:२५ पढ्‌नुहोस्‌। प्रहरीधरहरा-को पृष्ठ ४ पल्टाएर देखाउनुहोस्‌।] झूट बोल्नु किन गलत हो र सधैं सत्य बोल्न के गर्नुपर्छ भनेर बुझ्न यो लेखले हामीलाई मदत दिन्छ।”

ब्यूँझनुहोस्‌! जन. – मार्च

“परमेश्‍वर मायालु, न्यायी र शक्‍तिशाली हुनुहुन्छ भने, यति धेरै दुःख-कष्ट किन भएको होला भनेर तपाईंले अचम्म मान्‍नुभएको छ कि? [जवाफ दिने मौका दिनुहोस्‌।] दुःख-कष्ट किन भएको भन्‍नेबारे बाइबलले के भन्छ, हेर्नुस्‌ त! [१ यूहन्‍ना ५:१९ पढ्‌नुहोस्‌।] परमेश्‍वरले दुःख-कष्ट हटाउँदै हुनुहुन्छ भनेर बाइबलमा लेखिएको कुरा यस पत्रिकाले बताउँछ।”

प्रहरीधरहरा मार्च १

“मानिसहरूले पृथ्वीलाई बिगारिसके भनेर कोही-कोही एकदमै चिन्तित छन्‌। तपाईंलाई पनि यस्तै लाग्छ कि? [जवाफ दिने मौका दिनुहोस्‌।] हामीलाई सान्त्वना दिने यो प्रतिज्ञा सुन्‍नुस्‌ है। [प्रकाश ११:१८ पढ्‌नुहोस्‌।] हाम्रो पृथ्वी यत्ति राम्रो हुनुको कारणबारे यस पत्रिकामा जानकारी पाउन सक्नुहुन्छ। भविष्यमा पृथ्वी कस्तो हुन्छ भनेर बाइबलमा लेखिएको कुरा पनि यस पत्रिकाले बताउँछ।”

ब्यूँझनुहोस्‌! जन. – मार्च

“बा-आमाले घरमा अनेक किसिमको नियम बनाउँदा आजका युवाहरूलाई मनै पर्दैन। एक जना बुद्धिमान्‌ मान्छेले भनेको कुरा म तपाईंलाई पढेर सुनाउँछु। सुनेपछि तपाईंलाई कस्तो लाग्यो भन्‍नुहोस्‌ है। [हितोपदेश ६:२० पढ्‌नुहोस्‌ र जवाफ सुन्‍नुहोस्‌। पृष्ठ १० मा भएको लेख पल्टाउनुहोस्‌।] बा-आमाले बनाएका नियमहरू कसरी पालन गर्ने, यस लेखले युवायुवतीलाई मदत गर्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने