धन्यवादी मनोवृत्ति देखाउनुहोस्
१ हामी “डरलाग्दो समय[मा]” बाँचिरहेको भए तापनि हामीसित यहोवाप्रति धन्यवादी हुने थुप्रै कारणहरू छन्। (२ तिमो. ३:१) यीमध्ये सबैभन्दा प्रमुख, उहाँले आफ्नो पुत्र हाम्रो लागि अमूल्य उपहार स्वरूप दिनु हो। (यूह. ३:१६) साथै, झूटो धर्मका मानिसहरू आध्यात्मिक भोकले छटपटाइरहेका छन् भने हामीले प्रशस्त मात्रामा आध्यात्मिक भोजनको आनन्द उठाइरहेका छौं। (यशै. ६५:१३) हामी एउटा विश्वव्यापी भ्रातृत्वका भाग हौं र हामीले साँचो उपासनाको रोमाञ्चकारी विस्तारमा भाग लिने सुअवसर पाएका छौं। (यशै. २:३, ४; ६०:४-१०, २२) उहाँले हामीमाथि वर्षाउनुभएका आशिष्हरूको लागि हामी कसरी उहाँप्रति धन्यवादी मनोवृत्ति देखाउन सक्छौं?—कल. ३:१५, १७.
२ आनन्दित तथा तनमनको सेवा: भौतिक कुराहरू दिनेबारे बताउँदा प्रेरित पावलले यस्तो लेखे: “खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।” (२ कोरि. ९:७) परमेश्वरप्रतिको हाम्रो सेवामा पनि यही कुरा लागू हुन्छ। सत्यप्रति हाम्रो उत्साह, मसीही सभाहरूमा हाम्रो आनन्द, क्षेत्र सेवकाईमा हाम्रो जोस र ईश्वरीय इच्छा पूरा गर्नमा हाम्रो खुसीद्वारा धन्यवादी मनोवृत्ति झल्किन्छ।—भज. १०७:२१, २२; ११९:१४; १२२:१; रोमी १२:८, ११.
३ पुरातन इस्राएलमा व्यवस्थाले केही खास बलिदानहरू यत्ति नै परिमाणमा चढाउनुपर्छ भनी तोकेको थिएन। यहोवाले “हरेकलाई दिनुभएको आशिषअनुसार” दिएर हरेक उपासकले आफ्नो कृतज्ञता देखाउन सक्थ्यो। (व्यव. १६:१६, १७) त्यसै गरी कृतज्ञ हृदयले आज हामीलाई राज्य-प्रचार तथा चेला बनाउने कार्यमा आफ्नो परिस्थितिले दिएसम्म जतिसक्दो बढी गर्न उत्प्रेरित गर्नेछ। गर्मी महिनामा अक्सर हाम्रो धन्यवादी मनोवृत्ति देखाउने थप मौकाहरू प्राप्त हुन्छन्। कसै-कसैले स्कूल तथा कामबाट पाइने छुट्टीको फाइदा उठाउँदै क्षेत्र सेवामा अझ बढी समय बिताउँछन् वा सहायक अग्रगामीसमेत गर्छन्। यो गर्मी महिनामा के तपाईं आफ्नो सेवकाई विस्तार गर्न सक्नुहुन्छ?
४ धन्यवादमा प्रशस्त: यहोवाप्रति हाम्रो धन्यवाद व्यक्त गर्ने एउटा प्रमुख तरिका प्रार्थनामा हो। (१ थिस्स. ५:१७, १८) परमेश्वरको वचनले हामीलाई ‘विश्वासमा धन्यवादसाथ प्रशस्त हुन’ सल्लाह दिन्छ। (कल. २:७) हामी एकदमै व्यस्त वा तनावग्रस्त भए तापनि हाम्रो दैनिक प्रार्थनामा सधैं धन्यवाद समावेश गर्नुपर्छ। (फिलि. ४:६) हो, हाम्रो सेवकाईका साथसाथै हाम्रो प्रार्थनाद्वारा “धेरै धन्यवाद प्रशस्त मात्रामा” दिइरहौं।—२ कोरि. ९:१२.