लर्न फ्रम द ग्रेट टिचर प्रस्तुत गर्ने
◼ “मानिसहरूले यो भनाइअनुसार जीवन बिताउने हो भने संसार अहिलेको भन्दा राम्रो हुने थियो जस्तो तपाईंलाई लाग्दैन? [मत्ती ७:१२क पढ्नुहोस्। त्यसपछि जवाफ दिने मौका दिनुहोस्।] यो पुस्तकमा आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान् शिक्षकले सिकाउनुभएका थुप्रै पाठहरू पाइन्छन्।” अध्याय १७ का चित्र तथा क्याप्सनहरू प्रकाश पार्नुहोस्।
◼ “आज अधिकांश आमाबाबुहरू आफ्ना बच्चाहरूमा नैतिक मूल्यमान्यता विकास गराउन चाहन्छन्। के तपाईंलाई यसो गर्नु महत्त्वपूर्ण छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि हितोपदेश २२:६ पढ्नुहोस्।] याद गर्नुहोस्, आमाबाबुलाई आफ्ना बच्चाहरूलाई सानैदेखि प्रशिक्षण दिन प्रोत्साहन दिइएको छ। यो पुस्तक तिनीहरूलाई त्यसो गर्न मदत दिनको लागि तयार पारिएको हो।” अध्याय १५, १८ वा ३२ का चित्र तथा क्याप्सनहरू प्रकाश पार्नुहोस्।
◼ “आमाबाबुहरू अक्सर आफ्ना बच्चाहरूले सोध्ने प्रश्न सुनेर अक्क न बक्क पर्छन्। तीमध्ये कुनै-कुनै प्रश्नहरूको जवाफ दिन त एकदमै गाह्रो हुन्छ नि, होइन र? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि २ तिमोथी ३:१४, १५ पढ्नुहोस्।] तिमोथीकी आमा र बज्यैले तिनलाई बाल्यकालदेखि नै धर्मशास्त्र सिकाए। यो पुस्तकले आज आमाबाबुहरूलाई आफ्ना बच्चाहरूको लागि त्यसै गर्न मदत दिन सक्छ।” अध्याय ११ र १२ वा ३४ देखि ३६ का केही चित्र तथा क्याप्सनहरू प्रकाश पार्नुहोस्।