(१) प्रश्न, (२) बाइबल पद, (३) अध्याय
बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तक प्रस्तुत गर्ने सरल तरिका यी हुन्, (१) विचार बुझ्ने प्रश्न गर्नुहोस्, (२) उपयुक्त बाइबल पद पढ्नुहोस् र (३) कुराकानीको विषयसित मिल्ने अध्याय पल्टाएर शीर्षकको ठीकमुनि दिइएका प्रश्नहरू छलफल गर्नुहोस्। घरधनीले चासो देखाएमा सोही अध्यायको सुरुका अनुच्छेदहरू पढेर बाइबल अध्ययन कसरी गर्न सकिन्छ भनेर देखाउन सक्नुहुन्छ। प्रथम भेटमै वा पुनःभेटमा बाइबल अध्ययन थाल्न यो तरिका चलाउन सकिन्छ।
◼ “यहाँ बाइबलमा भनिएझैं सर्वोच्च परमेश्वरसित नजिक हुन सम्भव छ जस्तो तपाईंलाई लाग्छ?” प्रेरित १७:२६, २७ पढ्नुहोस् र जवाफ दिने मौका दिनुहोस्। त्यसपछि अध्याय १ देखाउनुहोस्।
◼ “आज हामीलाई पिरोलिरहेको विभिन्न समस्यालाई विचार गर्दा यहाँ बताइएको सान्त्वना र आशा पाउन सम्भव छ जस्तो तपाईंलाई लाग्छ?” रोमी १५:४ पढ्नुहोस् र जवाफ दिने मौका दिनुहोस्। त्यसपछि अध्याय २ देखाउनुहोस्।
◼ “आफ्नो बल-बर्कतले गर्न सक्ने भए तपाईंले के यस्ता परिवर्तनहरू ल्याउनुहुन्थ्यो? प्रकाश २१:४ पढ्नुहोस् र जवाफ दिने मौका दिनुहोस्। त्यसपछि अध्याय ३ देखाउनुहोस्।
◼ “यो पुरानो गीतमा वर्णन गरिएको जस्तो अवस्था हाम्रा बच्चाहरूले कहिल्यै अनुभव गर्न सक्लान्?” भजन ३७:१०, ११ पढ्नुहोस् र जवाफ दिने मौका दिनुहोस्। त्यसपछि अध्याय ३ देखाउनुहोस्।
◼ “यी शब्दहरू पूरा हुने दिन पनि आउला?” यशैया ३३:२४ पढ्नुहोस् र जवाफ दिने मौका दिनुहोस्। त्यसपछि अध्याय ३ देखाउनुहोस्।
◼ “जीवित मानिसहरूले के गर्दैछन् भनेर मरिसकेकाहरूलाई थाह हुन्छ कि हुँदैन, के तपाईंले कहिल्यै विचार गर्नुभएको छ?” जवाफ दिने मौका दिनुहोस्। त्यसपछि उपदेशक ९:५ पढ्नुहोस् र अध्याय ६ देखाउनुहोस्।
◼ “येशूले यस बाइबल पदमा भन्नुभएको छ, मरिसकेका आफ्ना प्रिय जनहरूलाई हामी फेरि भेट्न सक्नेछौं। के तपाईंलाई यो सम्भव छ जस्तो लाग्छ?” यूहन्ना ५:२८, २९ पढ्नुहोस् र जवाफ दिने मौका दिनुहोस्। त्यसपछि अध्याय ७ देखाउनुहोस्।
◼ “यस चिरपरिचित प्रार्थनामा भनेजस्तै परमेश्वरको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा हुनेछ भन्ने तपाईंलाई लाग्छ?” मत्ती ६:९, १० पढ्नुहोस् र जवाफ दिने मौका दिनुहोस्। त्यसपछि अध्याय ८ देखाउनुहोस्।
◼ “यस भविष्यवाणीमा बताइएको समयमै हामी बाँचिरहेका छौं जस्तो के तपाईंलाई लाग्छ?” २ तिमोथी ३:१-४ पढ्नुहोस् र जवाफ दिने मौका दिनुहोस्। त्यसपछि अध्याय ९ देखाउनुहोस्।
◼ “मानिसहरूलाई समस्याले किन झन्-झनै जकडिरहेको छ भनेर थुप्रैले सोच्ने गर्छन्। के यसको एउटा कारण यो पनि हुन सक्छ जस्तो तपाईंलाई लाग्छ?” प्रकाश १२:९ पढ्नुहोस् र जवाफ दिने मौका दिनुहोस्। त्यसपछि अध्याय १० देखाउनुहोस्।
◼ “के तपाईंलाई लाग्छ, यी प्रश्नहरूको जवाफ थाह पाए त कति बेस हुन्थ्यो?” अय्यूब २१:७ पढ्नुहोस् र जवाफ दिने मौका दिनुहोस्। त्यसपछि अध्याय ११ देखाउनुहोस्।
◼ “बाइबलको यो सल्लाह पालन गर्दा के परिवार सुखमय हुन्छ जस्तो तपाईंलाई लाग्छ?” एफिसी ५:३३ पढ्नुहोस् र जवाफ दिने मौका दिनुहोस्। त्यसपछि अध्याय १४ देखाउनुहोस्।
बाइबल अध्ययन कसरी गरिन्छ भनेर देखाइसकेपछि दुई चोटि अध्ययन भइसक्यो र उक्त व्यक्तिले अध्ययन जारी राख्नेछन् जस्तो लागेमा बाइबल अध्ययनको रिपोर्ट दिन सकिन्छ।