रगतबाट अलग रहन हामीलाई मदत गर्ने नयाँ प्रबन्ध
ड्युरेबल पावर अफ एटोर्नी (डी पी ए) र अग्रिम चिकित्सा निर्देश/दोषमुक्ति कार्डका अत्यावश्यक कुराहरूलाई गाभेर एउटा सिङ्गो कानुनी काजगात बनाउन परिचालक निकायले अनुमति दिएको छ र साधारणतया यसलाई हामी डी पी ए कार्ड भन्नेछौं।
डी पी ए कार्डको म्याद कहिल्यै सिद्धिंदैन र तपाईं देश-विदेशको यात्रा गर्नुहुँदा यसले तपाईंका इच्छाहरूको एउटा बयानको रूपमा काम गर्नेछ। भविष्यमा तपाईंले (१) आफ्नो इच्छा, स्वास्थ्योपचारका प्रतिनिधिहरू, ठेगाना र टेलिफोन नम्बरजस्ता कुराहरू आफ्नो डी पी ए कार्डमा परिवर्तन गर्नुपऱ्यो अथवा (२) तपाईंको डी ए पी कार्ड हरायो वा च्यातियो भने मात्रै नयाँ डी पी ए कार्ड भर्नुपर्नेछ।
डी पी ए कार्डको विषयमा तपाईंले प्रार्थनापूर्वक विचार गर्नुपर्छ र यसलाई घरैमा होसियारीसाथ भर्नुपर्छ। तथापि कार्डमा हस्ताक्षर गर्नुअघि कानुनी प्रक्रियाहरू राम्ररी पूरा गर्नु महत्त्वपूर्ण छ। उदाहरणका लागि तपाईंले हस्ताक्षर गरेको दुई जना साक्षीले देखेको हुनुपर्छ भनी कार्डमा लेखिएको छ भने तपाईंले हस्ताक्षर गरेको बेला उनीहरू उपस्थित भएको हुनुपर्छ। पुस्तक अध्ययन निरीक्षकहरूले समय-समयमा नयाँ कार्ड नभरेकाहरूलाई कतै सहयोगको खाँचो छ कि भनेर बुझ्न सक्छन्।
डी पी ए कार्ड पट्ट्याउनुअघि आफ्नो चिकित्सक र आफ्नै रेकर्डको लागि राम्रोसँग फोटोकपीहरू बनाउनुहोस्। परिवारका अन्य सदस्यलगायत मण्डलीको सचिवलाई पनि यसका प्रतिहरू उपलब्ध गराउन चाहनुहुन्छ होला। फोटोकपीको एकपट्टिको पेपरको स्टाण्डर्ड साइज (८ १/२” X ११”) हुनुपर्छ र डी पी ए कार्डचाहिं पानाको बीचमा पर्नुपर्छ। फोटोकपी होइन तर सक्कली डी पी ए कार्ड आफूसित राख्नुपर्छ।
साक्षी आमाबाबुका बप्तिस्मा अप्राप्त छोराछोरीको लागि ३/९९ मिति छापिएको परिचय पत्र परिवर्तन भएको छैन। प्रत्येक नाबालिग बच्चाको कार्ड राम्रोसँग भरेर हस्ताक्षर गर्नुका साथै बच्चाले यसलाई बोक्नुपर्ने समयमा बोकेको छ कि छैन भनेर आमाबाबुले पक्का गर्नुपर्छ।
आफू र आफ्ना छोराछोरीका लागि स्वास्थ्योपचारसम्बन्धी निर्देशनहरू लेख्न बप्तिस्मा अप्राप्त प्रकाशकहरूले डी पी ए कार्ड र परिचय पत्रको भाषा अनुकरण गर्न सक्छन्। सचिवले भर्खरै बप्तिस्मा लिएका सबै प्रकाशकहरूको लागि वर्षमा एउटा-एउटा डी पी ए कार्ड उपलब्ध गराउनुपर्छ।