प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जनवरी p. ३
  • के तपाईं आलटाल गर्दै हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं आलटाल गर्दै हुनुहुन्छ?
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं आलटाल गर्दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००८
  • के तपाईं स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्थाको लागि तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१२
  • के तपाईंलाई उपचारसम्बन्धी तपाईंसँग भएको विकल्प थाह छ?
    हाम्रो राज्य सेवकाई—२००९
  • के तपाईंलाई उपचारसम्बन्धी तपाईंसँग भएको विकल्प थाह छ?
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 जनवरी p. ३

के तपाईं आलटाल गर्दै हुनुहुन्छ?

के तपाईं बप्तिस्माप्राप्त यहोवाका साक्षीहरूका लागि भनेर तयार पारिएको स्थायी अख्तियारनामा कार्ड (डी⁠ ⁠पी⁠ ⁠ए) भर्न आलटाल गर्दै हुनुहुन्छ? “भोलि के हुने हो” हामीलाई थाह छैन। त्यसैले आकस्मिक अवस्था आइपर्दा के-कस्ता उपचारविधि स्वीकार्नुहुन्छ, त्यसबारे पहिल्यै निर्णय गरेर लिखित रूपमा राख्नु अत्यावश्‍यक छ। (याकू. ४:१४; प्रेरि. १५:​२८, २९) तपाईंलाई मदत होस्‌ भनेर ट्रान्सफ्युजन-अल्टरनेटिभ हेल्थ केयर—मिटिङ पेसेन्ट निड्‌स एण्ड राइट्‌स (रक्‍तक्षेपणको वैकल्पिक उपचार​—⁠बिरामीको हकहितलाई ध्यान दिने) भिडियो तयार पारिएको छ। उक्‍त भिडियो हेर्नुहोस्‌ र भिडियो हेरेपछि के-के सिक्नुभयो, दिइएका प्रश्‍नहरूलाई आधार मान्दै प्रार्थनापूर्वक विचार गर्नुहोस्‌।—कृपया ध्यान दिनुहोस्‌: यस भिडियोमा शल्यक्रियाका छोटा दृश्‍यहरू भएकोले कलिला छोराछोरीलाई भिडियो देखाउँदा विचार पुऱ्‍याउनुपर्छ।

(१) रगत लिनु स्वास्थ्यको लागि राम्रो हो कि होइन, चिकित्सकहरू फेरि किन विचार गर्दैछन्‌? (२) रगत नलिई गरिएका जटिल शल्यक्रियाका तीनवटा उदाहरण दिनुहोस्‌। (३) विश्‍वका कति जना फिजिसियन तथा सर्जनहरू बिरामीलाई रगत नदिई उपचार गर्न इच्छुक भएका छन्‌? उनीहरू यसरी इच्छुक हुनुको कारण के हो? (४) अस्पतालमा हालै भइरहेका अध्ययनहरूले रगतको प्रयोगबारे के देखाएको छ? (५) रगत लिंदा के-कस्ता हानि हुन सक्छन्‌? (६) वैकल्पिक उपचारबाट हुने फाइदाबारे थुप्रै विशेषज्ञले के भनेका छन्‌? (७) रक्‍तअल्पताको कारण के हो? कतिसम्म रगत खेर जाँदा पनि मानिस बाँच्न सक्छ वा उसलाई घातक असर पर्दैन? शरीरमा रगत कम हुँदा के गर्न सकिन्छ? (८) बिरामीमा रातो रक्‍तकोषको संख्या कसरी बढाउन सकिन्छ? (९) शल्यक्रिया गर्दा रगत धेरै खेर जान नदिन कस्ता उपायहरू अपनाँइदैछन्‌? (१०) केटाकेटीहरू वा रगत नलिई नहुने गम्भीर अवस्थामा पनि के वैकल्पिक उपचार उपयुक्‍त हुन सक्छ? (११) उपचार गर्दा चिकित्सकहरूले ध्यान दिनुपर्ने एउटा प्रमुख नैतिक सिद्धान्त के हो? (१२) कुन वैकल्पिक उपचार गर्ने भनेर ख्रीष्टियानहरूले किन पहिल्यै छानिसकेको हुनुपर्छ? हामी कसरी त्यसो गर्न सक्छौं?

भिडियोमा प्रस्तुत गरिएका केही उपचारहरू स्वीकार गर्ने वा नगर्ने हरेकले आफ्नो बाइबल प्रशिक्षित अन्तस्करणअनुसार निर्णय गर्नुपर्छ। के तपाईंले आफू अनि आफ्ना छोराछोरी⁠का लागि कुन वैकल्पिक उपचार छान्‍ने, सुस्पष्ट निर्णय गरेर डी पी ए कार्ड भरिसक्नुभयो? यसबारे विस्तृत जानकारी चाहिएमा कृपया “गड्‌स लभ” किताबको अध्याय ७ र त्यहाँ उल्लेख गरिएका स्रोत-सामग्रीहरू राम्रोसित पुनरावलोकन गर्नुहोस्‌। साथै, नोभेम्बर २००६ अंकको हाम्रो राज्य सेवकाई-मा “रगतका सूक्ष्म तत्त्व अनि आफ्नै रगत प्रयोग हुने उपचारहरूलाई कुन दृष्टिले हेर्नुपर्छ?” परिशिष्ट पनि हेर्नुहोस्‌। अन्तमा, आफ्नो छनौटलाई डी पी ए कार्डमा ठीकसित भर्नुभयो या भएन पक्का गर्नुहोस्‌। तपाईंले आफ्ना स्वास्थ्य प्रतिनिधिहरूलाई र फरक धार्मिक आस्था हुने परिवारका अन्य सदस्यलाई आफ्नो निर्णय कारणसहित बताउनुपर्छ।

[पृष्ठ ३-मा भएको पेटी]

• के तपाईंले आफू अनि आफ्ना छोराछोरीका लागि कुन वैकल्पिक उपचार छान्‍ने, सुस्पष्ट निर्णय गरिसक्नुभयो?

• के तपाईं आकस्मिक अवस्थाको लागि भनेर पूर्ण विवरण भरेको डी पी ए कार्ड बोक्दै हुनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने