प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ८/०५ p. ७
  • विना वचन साक्षी दिने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विना वचन साक्षी दिने
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • यहोवाको महिमा हुने सुकर्महरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • असल आनीबानीद्वारा साक्षी दिने
    हाम्रो राज्य सेवकाई—१९९८
  • हिब्रू ४:१२—“परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्छ”
    शास्त्रपदको व्याख्या
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ८/०५ p. ७

विना वचन साक्षी दिने

१ परमेश्‍वरको भौतिक सृष्टिले विना वचन उहाँका अदृश्‍य गुणहरूबारे धेरै कुरा बताउँछ। (भज. १९:१-३; रोमी १:२०) त्यसरी नै हाम्रा असल आचरण, मसीही गुण र भद्र रूपरंगले विना वचन साक्षी दिन्छन्‌। (१ पत्रु. २:१२; ३:१-४) हामी प्रत्येकले आफ्नो व्यवहारद्वारा ‘हाम्रा उद्धारकर्त्ता परमेश्‍वरको सिद्धान्तको सबै कुराबाट शोभा बढून्‌’ भन्‍ने इच्छा राख्नुपर्छ।—ती. २:१०.

२ असिद्ध मानिसहरूले पनि बाइबल शिक्षाको शोभा कसरी बढाउन सक्छन्‌? परमेश्‍वरको वचनको निर्देशन र पवित्र आत्माको शक्‍तिद्वारा मात्र यसो गर्न सकिन्छ। (भज. ११९:१०५; १४३:१०) परमेश्‍वरको वचन “जीवित र प्रबल, र कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो” हुन्छ। (हिब्रू ४:१२) परमेश्‍वरको वचनले हाम्रो हृदयसम्मै छुने हुँदा हामी नयाँ व्यक्‍तित्व धारण गर्न सक्छौं। (कल. ३:९, १०) पवित्र आत्माले हामीमा दया, भलाइ, नम्रता र संयमजस्ता शोभनीय गुणहरू प्रकट गर्छ। (गला. ५:२२, २३) के हामी प्रत्येकले आफ्नो जीवनमा परमेश्‍वरको वचन र पवित्र आत्मालाई काम गर्न दिइरहेका छौं?—एफि. ४:३०; १ थिस्स. २:१३.

३ अरूले याद गर्छन्‌: यहोवाका स्तरहरू अनुरूप जीवन बिताउँदा र उहाँका गुणहरू झल्काउने प्रयास गर्दा अरूले याद गरिरहेका हुन्छन्‌। यो उदाहरण विचार गर्नुहोस्‌, एक जना पुरुष पुड्‌को भएकोले तिनलाई सहकर्मीहरूले जिस्क्याउँथे। त्यही कार्यालयमा काम गर्ने साक्षी बहिनीले चाहिं तिनलाई सधैं मर्यादित र आदरपूर्ण ढङ्‌गमा व्यवहार गर्थिन्‌। फलत: तिनले साक्षी बहिनीलाई अरूभन्दा भिन्‍न हुनको कारण सोधे। बाइबलका सिद्धान्तहरू जीवनमा लागू गरेकीले आफ्नो व्यवहार आदरपूर्ण भएको हो भनेर बहिनीले बताइन्‌। उनले ती व्यक्‍तिलाई परमेश्‍वरको राज्यले ल्याउने अद्‌भुत आशाबारे पनि बताइन्‌। अनि तिनले बाइबल अध्ययन सुरु गरे र अन्तत: बप्तिस्मा लिए। उक्‍त व्यक्‍ति आफ्नो देश फर्केपछि आफन्तहरू तिनका असल आचरण देखेर प्रभावित भए र धेरैले सच्चाइ पनि स्वीकारे।

४ हामी आफ्नो काम गर्ने ठाउँमा, स्कूलमा वा आफन्त र छिमेकीलाई साक्षी दिनुका साथै हाम्रो असल आचरणले पनि तिनीहरूलाई परमेश्‍वरको महिमा गर्ने कारण दिन सक्छौं।—मत्ती ५:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने