प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ९/०५ p. ७
  • एकअर्कालाई दह्रिलो पारौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकअर्कालाई दह्रिलो पारौं
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • भलाइ गर्नुहोस्‌ र आफूसँग भएका कुरा बाँडचुँड गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • प्रचारमा सँगै जाँदा एउटाले अर्कोलाई दह्रिलो पार्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००८
  • “एकअर्काको उत्थान गरिरहो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • आध्यात्मिक कुराकानीले सुधार गराउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ९/०५ p. ७

एकअर्कालाई दह्रिलो पारौं

१ सँगी विश्‍वासीहरूलाई दह्रिलो पार्न प्रेरित पावल मरिमेटे। (प्रेरि. १४:१९-२२) हामी पनि हाम्रा भाइबहिनीहरू कठिनाइमा पर्दा चिन्तित हुन्छौं र मदत गर्न हतारिन्छौं। प्राचीनहरूले मात्र होइन, सबैले नै एकअर्काको ख्याल राख्नुपर्छ भनेर बाइबलले बताउँछ। (रोमी १५:१, २) आउनुहोस्‌, “एउटाले अर्कालाई प्रोत्साहन देओ, र एउटाले अर्कालाई दह्रिलो पार्ने काम गर,” भन्‍ने बाइबलको सल्लाह लागू गर्ने दुई तरिका विचार गरौं।—१ थिस्स. ५:११, NRV.

२ अरूको आवश्‍यकता आफै बुझ्नुहोस्‌: तबीता “असल काम गर्न र दान-पुण्यमा निपुण थिइन्‌” भनी बाइबल बताउँछ। (प्रेरि. ९:३६, ३९) तिनले अरूको आवश्‍यकता आफै बुझिन्‌ र मदत गर्न सक्दो गरिन्‌। कति राम्रो उदाहरण! मण्डलीका वृद्धहरूलाई सभामा उपस्थित हुन राज्यभवनसम्म ल्याइदिनु परेको छ कि? अग्रगामीहरूलाई दिउँसोतिर प्रचारमा जान कुनै साथी पो चाहिएको छ कि? यस्ता आवश्‍यकताहरू आफै बुझेर मदत गर्नुभयो भने तिनीहरू कत्ति खुसी होलान्‌, सोच्नुहोस्‌ त!

३ आध्यात्मिक कुराकानी गर्नुहोस्‌: कुराकानी गरेर पनि अरूलाई दह्रिलो पार्न सकिन्छ। (एफि. ४:२९) एक अनुभवी प्राचीनले यसो भने: “अरूलाई दह्रिलो पार्न चाहनुहुन्छ भने आध्यात्मिक कुराकानी गर्नुहोस्‌। एउटा सरल प्रश्‍न सोधेर मात्र पनि प्रोत्साहनदायी कुराकानी सुरु गर्न सकिन्छ, जस्तै ‘तपाईंले कसरी सच्चाइ पाउनुभयो?’ ” मण्डलीका युवाहरूप्रति निष्कपट चासो देखाउनुहोस्‌। कोही निराश छन्‌ कि? कोही लजालु पो छन्‌ कि? चासो देखाइहाल्नुहोस्‌। (हितो. १२:२५) सँगी विश्‍वासीहरूसित गरिने आध्यात्मिक कुराकानीको समय संसारको मनोरञ्जनले नखाओस्‌।—रोमी १:११, १२.

४ अरूलाई दह्रिलो पार्न कस्तो आध्यात्मिक कुराकानी गर्ने त? बाइबल पढाइ र व्यक्‍तिगत अध्ययन गर्दा यहोवाप्रति कृतज्ञता बढ्‌ने कुनै बुँदा पाउनु भएको छ कि? प्रहरीधरहरा अध्ययन वा जनभाषणको कुनै कुरा तपाईंलाई राम्रो लागेको छ कि? विश्‍वास बलियो पार्ने कुनै अनुभवले तपाईंको मन छोएको छ कि? यदि तपाईंसित यस्ता आध्यात्मिक खजाना छन्‌ भने आध्यात्मिक कुराकानी त स्वतः आइहाल्छ।—हितो. २:१; लूका ६:४५.

५ चाहिएको व्यावहारिक मदत दिएर र आध्यात्मिक कुराकानी गरेर सधैं एकअर्कालाई दह्रिलो पारौं।—हितो. १२:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने