चिकित्सा क्षेत्रमा आएको एउटा नयाँ मोडलाई प्रकाश पार्ने भिडियो
कानुन तथा चिकित्सा पेशामा संलग्न व्यक्तिहरूले बिरामीको नैतिक दृष्टिकोण र अधिकारलाई निकै ध्यान दिन थालेका छन्। यसले गर्दा, नयाँ उपचार विधि तथा प्रविधिहरू अपनाउन थालिएको छ, जुन यहोवाका साक्षीहरूलाई उपयोगी हुन सक्छ। (प्रेरि. १५:२८, २९) रक्तक्षेपणको वैकल्पिक उपचार—बिरामीको हकहितलाई ध्यान दिने (ट्रान्सफ्युजन-अल्टरनेटिभ हेल्थ केयर—मिटिङ पेस्यन्ट निड्स एण्ड राइट्स) भन्ने भिडियोले देखाउन खोजेको मुख्य कुरा पनि यही नै हो। यो भिडियो हेर्नुहोस् र यसबाट सिकेको कुरा छलफल गर्नुहोस्।—नोट: अप्रेसन गरेको केही दृश्यहरू भएकोले छोराछोरीलाई यो भिडियो देखाउँदा आमाबाबु होसियार हुनुपर्छ।
(१) चिकित्सकहरू किन रक्तक्षेपणबारे फेरि मूल्यांकन गर्दैछन्? (२) रक्तक्षेपणविना हुन सक्ने शल्यक्रियाका तीनवटा उदाहरण दिनुहोस्। (३) विश्वका कति जना फिजिसियन तथा सर्जनहरू बिरामीलाई रगत नदिई उपचार गर्न इच्छुक भएका छन्? उनीहरू यसरी इच्छुक हुनुको कारण के हो? (४) अस्पतालमा हालै भइरहेका अध्ययनहरूले रगतको प्रयोगबारे के देखाएको छ? (५) रक्तक्षेपणका खतराहरू के-के छन्? (६) रक्तक्षेपणको वैकल्पिक उपचारबाट हुने फाइदाबारे थुप्रै विशेषज्ञहरूले के भनेका छन्? (७) रगत कम हुनुको कारण के हो? कतिसम्म रगत कम हुँदा पनि मानिस बाँच्न सक्छ वा उसलाई यसले घातक असर पार्दैन? शरीरमा रगत कम हुँदा के गर्न सकिन्छ? (८) बिरामीको रातो रक्तकोषको संख्या कसरी बढाउन सकिन्छ? (९) अप्रेसनको बेला रगत धेरै बग्न नदिन कस्ता उपायहरू अपनाइँदैछन्? (१०) रक्तक्षेपणको वैकल्पिक उपचार केटाकेटीहरू वा रक्तक्षेपण नगरी नहुने सिरियस केसमा पनि उपयुक्त हुन सक्छ? (११) उपचार गर्दा चिकित्सकहरूले ध्यान दिनुपर्ने एउटा प्रमुख नैतिक सिद्धान्त के हो? (१२) रक्तक्षेपणको साटो कुन वैकल्पिक उपचार गर्ने भनेर मसीहीहरूले किन पहिल्यै छनौट गरिसकेको हुनुपर्छ? हामी कसरी त्यसो गर्न सक्छौ?
यस भिडियोमा दिइएका वैकल्पिक उपचारहरू गराउने कि नगराउने, बाइबल-प्रशिक्षित अन्तस्करणको आधारमा आफैले निर्णय गर्नुपर्छ। आफू र आफ्ना छोराछोरीको लागि कुनचाहिं वैकल्पिक उपचार छान्ने, निर्णय गरिसक्नुभयो? सच्चाइमा नभएका परिवारका सदस्यहरूलाई पनि आफ्नो निर्णय र त्यसका कारणहरू बताएको हुनुपर्छ।—प्रहरीधरहरा, जून १५, २००४ र अक्टोबर १५, २००० अंकका “पाठकहरूका प्रश्नहरू” हेर्नुहोस्।