पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा फेब्रु. १
“पैसा वा नैतिकता! कुन छान्नुहुन्छ? [जवाफ पर्खनुहोस्। त्यसपछि उपदेशक ७:१२ पढ्नुहोस्।] यी दुईलाई आ-आफ्नो ठाउँमा कसरी राख्न सक्छौं, यस पत्रिकामा बताइएको छ।”
ब्यूँझनुहोस्! जन. – मार्च
“अचेल थुप्रै खेलाडीहरू खेल जित्न शक्तिवर्द्धक लागूऔषध/स्टेरोइड औषधी लिने गर्छन्। के यसो गर्नु नैतिकताले दिन्छ? आफ्नो शरीरसित यसरी खेलबाड गर्दा सृष्टिकर्तालाई कस्तो लाग्ला? [जवाफ पर्खनुहोस् र हिब्रू १३:१८ पढ्नुहोस्। त्यसपछि पृष्ठ २३ को लेख पल्टाएर देखाउनुहोस्।] ती औषधीहरूले के-कस्ता हानि गर्छन् र त्यसप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ, यस लेखले बताउँछ।”
प्रहरीधरहरा मार्च १
“हामी मित्रताबारे कुरा गरिरहेका छौं। साँचो मित्र बनाउन के गर्नुपर्छ होला? [जवाफ पर्खनुहोस् र लूका ६:३१ पढ्नुहोस्। त्यसपछि पृष्ठ ३२ को लेख देखाउनुहोस्।] साँचो मित्र कसरी बनाउन सकिन्छ, यस लेखमा बताइएको छ।”
ब्यूँझनुहोस्! जन. – मार्च
“सबैको आफ्नै घर हुने समय आउँला? [जवाफ पर्खनुहोस् र यशैया ६५:२१-२३ पढ्नुहोस्।] घरबार नहुनुको कारण के हो र आवासको संकट सदाको लागि कसरी हटाउन सकिन्छ, यस लेखले बताउँछ।”