प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 मे पृ. १
  • शिष्ट भएर—चासो देखाऔं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शिष्ट भएर—चासो देखाऔं
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरका सेवकहरूले असल बेहोरा देखाउनुपर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • दयालु बोलीले सम्बन्ध राम्रो बनाउन सघाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • टेलिफोन शिष्टता तपाईं कसरी झल्काउनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—१९९६
  • यहोवाको अनुकरण गर्दै विचारशील र दयालु हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 मे पृ. १

शिष्ट भएर—चासो देखाऔं

१ यहोवा ब्रह्‍माण्डकै सर्वोच्च हुनुहुन्छ। तैपनि, उहाँ असिद्ध मानिससित दयालु, विचारशील र शिष्ट भएर व्यवहार गर्नुहुन्छ। (उत्प. १३:१४; १९:१८-२१, २९) हामीले पनि हाम्रा शिष्ट र अनुग्रही परमेश्‍वरको अनुकरण गऱ्‍यौं भने सुसमाचार सुनाउने आफ्नो प्रस्तुतिमा सुधार ल्याउन सक्छौं। (कल. ४:६) उहाँको अनुकरण गर्नुमा मीठो बोल्नु मात्र पर्याप्त छैन।

२ घर-घरको प्रचारमा: घरपति व्यस्त भएको बेला वा अरू त्यस्तै अप्ठ्यारो समयमा प्रचार गर्न पुग्यौं भने के गर्ने? त्यस्तो बेला परिस्थिति बुझेर छोटो कुराकानी गर्नुपर्छ वा अर्को समयमा आउँछु भनेर गइहाल्नुपर्छ। घरपतिले प्रकाशन लिन मान्दैन भने, कर गर्दैनौं। अरूप्रति विचारशील छौं भने उनीहरूको ढोका वा गेट ढ्याम्म बन्द नगरी बिस्तारै बन्द गर्छौं। छोराछोरीलाई पनि त्यसै गर्न सिकाउँछौं। कोही पनि नभएको घरमा प्रकाशनहरू छोड्‌दा बाटोमा हिंड्‌ने अरू मानिसले नदेख्ने ठाउँमा राख्नुपर्छ। हो, अरूले आफूसित जस्तो व्यवहार गरून्‌ भन्‍ने हामी चाहन्छौं, शिष्टताले गर्दा हामी पनि उनीहरूलाई त्यस्तै व्यवहार गर्न उत्प्रेरित हुन्छौं।—लूका ६:३१.

३ सडक साक्षी दिंदा: सडक साक्षी दिंदा पनि हामी शिष्टता देखाउन सक्छौं। कसरी? बटुवाहरूलाई हिंड्‌नै अप्ठ्‌यारो हुनेगरि बाटो छेक्दैनौं अनि पसलको अगाडि भीड गर्दैनौं। हामीले हतारमा भएकाहरूसित कुरा नगरी अलिक फुर्सद भए जस्ता देखिनेहरूसित कुरा गर्ने प्रयास गरेर अरूको परिस्थिति बुझिदिन्छौं। सडकमा हल्लाखल्ला भइरहने हुनाले सडक साक्षी दिंदा कहिलेकाहीं अलि ठूलो स्वरमा बोल्नुपर्ने हुन्छ। तर यसरी बोल्दा मर्यादित ढंगमा बोल्नुपर्छ र अरूको अनावश्‍यक ध्यान खिचिनु हुँदैन।—मत्ती १२:१९.

४ टेलिफोन साक्षी दिंदा: हामी अरूप्रति विचारशील छौं भन्‍ने कुरा, टेलिफोन साक्षी दिंदा कसरी देखाउन सक्छौं? हल्लाखल्ला नभएको ठाउँबाट फोन गरेर। त्यसरी नै, घरधनीलाई तुरुन्तै आफ्नो परिचय दिनु र फोन गर्नुको कारण बताइहाल्नु पनि शिष्टता देखाउनु हो। बाइबल छलफल फलदायी बनाउने हो भने आफूले साक्षी दिइरहेका व्यक्‍तिले राम्ररी सुन्‍नेगरि मीठो बोलीमा कुरा गर्नेछौं। (१ कोरि. १४:८, ९) हो, हामी यी विभिन्‍न तरिकामा दयालु, विचारशील र शिष्ट भएर परमेश्‍वरको अनुकरण गर्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने