पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा जुला. १
“के हामी साँच्चै सुखी हुन सक्छौं? [जवाफ पर्खनुहोस् र त्यसपछि पृष्ठ ८ को लेख देखाउनुहोस्।] यस लेखले साँचो सुख पाउन मदत दिने केही सुझावहरूबारे बताउँछ।” भजन ४०:४ पढ्नुहोस्।
ब्यूँझनुहोस्! जुला. - सेप्टे.
“आजको संसारमा सफल हुन हप्कीदप्की नगरी हुन्न भनेर केही मानिसहरू विश्वास गर्छन्। यसको ठीक उल्टा येशूले के भन्नुभयो, यहाँ हेर्नुहोस् त। [मत्ती ५:५, ९ पढ्नुहोस्।] के तपाईं यस कुरासित सहमत हुनुहुन्छ? [जवाफ पर्खनुहोस्।] अरूसित मिलेर बस्दा पाइने तीन फाइदाहरूबारे यस पत्रिकामा बताइएको छ।” पृष्ठ २८ बाट सुरु भएको लेख देखाउनुहोस्।
प्रहरीधरहरा अग. १
“निराशाको सामना कसरी गर्न सक्छौं? [जवाफ पर्खनुहोस् र त्यसपछि पृष्ठ १७ को लेख देखाउनुहोस्।] यस लेखमा नकारात्मक भावनाहरू सामना गर्न र त्यसलाई जित्न मदत दिन सक्ने व्यावहारिक सुझावहरू दिइएका छन्।” पहिलो पत्रुस ५:६, ७ पढ्नुहोस्।
ब्यूँझनुहोस्! जुला. - सेप्टे.
“पढ्नुलाई एउटा महत्त्वपूर्ण सीप ठानिन्छ। तर थुप्रै युवायुवतीलाई पढ्न गाह्रो लाग्छ। पढ्ने बानी बसाल्न तिनीहरूलाई केले मदत दिन सक्छ? [जवाफ पर्खनुहोस् र त्यसपछि पृष्ठ २१ को लेख देखाउनुहोस्।] यस लेखमा पढ्नुको महत्त्व र पढ्न गाह्रो लाग्ने चुनौतीको सामना गर्न केले मदत दिन सक्छ भन्नेबारे केही राम्रा सुझावहरू दिइएका छन्।”