पत्रिकाहरूबारे के भन्ने
प्रहरीधरहरा जुला. ८
“अहिले भारतमा धेरैभन्दा धेरै जवान मानिसहरूले पहिला विदेशतिर मात्र हुने समस्याहरू झेल्न थालेका छन्। के तपाईंलाई पनि यस्तै लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] उदाहरणको लागि, यो कुरा विचार गर्नुहोस्। [पत्रिकाको पृष्ठ १८ को लेख देखाउनुहोस्।] यहाँ युवा जनहरूलाई दिइएको असल सल्लाह याद गर्नुहोस्। [हितोपदेश १८:१३ पढ्नुहोस्।] यस लेखमा हामीले ध्यान दिन लायक केही पक्षहरू प्रकाश पारिएका छन्।”
ब्यूँझनुहोस्! जुला. १५
“मानव इतिहासको हजारौं वर्षको दौडान मानिसजातिले विभिन्न खाले विश्वास अँगालेका छन्। के तपाईंलाई कुन विश्वास सही हो र कुन होइन भन्ने कुरा छुट्याउन सम्भव छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वरलाई प्रसन्न तुल्याउने साँचो शिक्षा तपाईं कहाँ पाउन सक्नुहुन्छ भन्ने कुरा यस पत्रिकामा छलफल गरिएको छ।” दोस्रो तिमोथी ३:१६ पढ्नुहोस्।
प्रहरीधरहरा जुला. ८
“व्यस्त भएको बेला आफ्नो घरलाई सफासुग्घर राख्न निकै चुनौतीपूर्ण हुन्छ र हाम्रो समय खाने कुराहरू पनि थुप्रै छन्। तथापि, सरसफाइ कायम राख्ने सन्दर्भमा आफ्नो भूमिका निभाउन धर्मशास्त्रले हामीलाई प्रोत्साहन दिन्छ। [यशैया १:१६ पढ्नुहोस्।] आफ्नो घरलाई सफासुग्घर राख्न के गर्न सकिन्छ भन्ने विषयमा के तपाईं केही व्यावहारिक सुझावहरू थाह पाउन चाहनुहुन्छ?” जवाफ दिने मौका दिइसकेपछि पृष्ठ २१ मा भएको लेख देखाउनुहोस् र ‘घर सफा गर्ने एउटा व्यावहारिक कार्यक्रम’ भन्ने पेटीतर्फ ध्यानाकर्षित गर्नुहोस्।
ब्यूँझनुहोस्! अग. १
आज धेरै मानिसहरू निकम्मापनको भावनासित सङ्घर्ष गर्छन्। त्यस्ता व्यक्तिहरूलाई मदत गर्न के गर्न सकिएला जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलले कसरी यस्ता व्यक्तिहरूलाई साँचो आनन्द पाउन मदत गर्न सक्छ भन्ने कुरा यस पत्रिकामा छलफल गरिएको छ।” “बाइबलले तपाईंलाई आनन्दित हुन मदत गर्न सक्छ” भन्ने लेखमा भएको मोटो छड्के अक्षरका शास्त्रपदहरू प्रकाश पार्नुहोस्।