स्मरणार्थ उत्सवका बेला ध्यान दिनुपर्ने कुराहरू
यस वर्ष, अप्रिल २ तारिख सोमबारका दिन स्मरणार्थ उत्सव मनाइनेछ। प्राचीनहरूले निम्न कुराहरूमा ध्यान दिनुपर्छ:
◼ रोटी र दाखमद्य सूर्य अस्ताएपछि मात्र पास गर्न मिल्ने भएकोले सभाको समय निर्धारण गर्दा उक्त कुरालाई ध्यानमा राख्नुपर्छ।
◼ वक्तालगायत सबैलाई उत्सव हुने स्थान र समयको सही जानकारी दिनुपर्छ।
◼ उत्सवमा प्रयोग गर्न मिल्ने प्रकारको रोटी र दाखमद्यको प्रबन्ध मिलाउनुपर्छ।—फेब्रुअरी १५, २००३ को प्रहरीधरहरा, पृष्ठ १४-१५ हेर्नुहोस्।
◼ प्लेटहरू, गिलासहरू, ठिक्कको टेबल र टेबलपोस पनि सभा हुने भवनमा पहिल्यै मिलाएर राख्नुपर्छ।
◼ राज्यभवन होस् या अरू कुनै सभा गर्ने स्थान, पहिल्यै सरसफाइ गर्नुपर्छ।
◼ रोटी र दाखमद्य पास गर्ने भाइहरूका साथै आवश्यक परिचारकहरू पहिल्यै छान्नुपर्छ। उनीहरूको जिम्मेवारी, रोटी र दाखमद्य पास गर्ने उचित तरिका, भद्र पहिरन तथा कोरीबाटीबारे पहिल्यै निर्देशन दिनुपर्छ।
◼ अशक्तताको कारण उपस्थित हुन नसक्ने अभिषिक्त जनकहाँ रोटी र दाखमद्य पुऱ्याउने प्रबन्ध मिलाउनुपर्छ।
◼ एकभन्दा बढी मण्डलीहरूले एउटै राज्यभवनमा उत्सव मनाउने तालिका बनाएका छन् भने, मण्डलीहरूबीच राम्रो समझदारी हुनुपर्छ। भवनको मूलढोका, सार्वजनिक बाटो अनि सवारीसाधन पार्क गर्ने ठाउँमा अनावश्यक भीड हुनु हुँदैन।