स्मरणार्थका सम्झौटाहरू
यस वर्षको स्मरणार्थ उत्सव बिहीबार, मार्च २४ तारिखमा पर्छ। प्राचीनहरूले निम्न कुराहरूमा ध्यान दिनुपर्छ:
◼ सभाको समय निर्धारण गर्दा स्मरणार्थका प्रतीकहरू सूर्य अस्ताउनुअघि घुमाइने छैन भन्ने कुरा पक्का गर्नुहोस्।
◼ वक्तालगायत अरू सबैलाई उत्सव हुने स्थान र समयको सही जानकारी दिनुपर्छ।
◼ उचित प्रकारको रोटी र दाखमद्यको प्रबन्ध मिलाउनुपर्छ र तयार राख्नुपर्छ।—फेब्रुअरी १५, २००३ को प्रहरीधरहरा पृष्ठ १४-१५ हेर्नुहोस्।
◼ प्लेटहरू, गिलासहरू, ठिक्कको टेबल र टेबलपोस पनि सभा हुने भवनमा ल्याउनुपर्छ र पहिले नै मिलाएर राख्नुपर्छ।
◼ राज्यभवन होस् या अरू कुनै सभा गर्ने स्थान, पहिले नै राम्ररी सरसफाइ गर्नुपर्छ।
◼ परिचारक र प्रतीक वितरण गर्ने भाइहरू पहिले नै छान्नुपर्छ अनि उनीहरूको जिम्मेवारी, प्रतीक टक्र्याउने उचित तरिका र भद्र पहिरन तथा कोरीबाटीको आवश्यकताबारे पहिले नै निर्देशन दिनुपर्छ।
◼ अशक्तताको कारण उपस्थित हुन नसक्ने कुनै पनि अभिषिक्त जनलाई प्रतीकहरू पुऱ्याउन प्रबन्ध मिलाउनुपर्छ।
◼ एउटै राज्यभवनमा एकभन्दा बढी मण्डलीहरूले उत्सव मनाउने तालिका बनाएका छन् भने, मण्डलीहरूबीच राम्रो समझदारी हुनुपर्छ ताकि भवनको मूल ढोका, सार्वजनिक बाटोघाटो अनि सवारीसाधन पार्क गर्ने ठाउँमा अनावश्यक भीड नहोस्।