प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 अगस्त p. १
  • परिवार मिलेर यहोवाको उपासना गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिवार मिलेर यहोवाको उपासना गर्ने
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • मसीही परिवारले कामकुराहरू एकसाथ गर्दछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • परिवारहरूका लागि मदत
    हाम्रो राज्य सेवा—२०११
  • परिवारका सम्पूर्ण सदस्यले कसरी पूरापूर सहयोग गर्छन्‌—सेवकाईमा
    हाम्रो राज्य सेवकाई—१९९९
  • आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 अगस्त p. १

परिवार मिलेर यहोवाको उपासना गर्ने

१ प्राचीन समयमा इस्राएली परिवारका सदस्यहरू थुप्रै काम मिलेर गर्थे। तिनीहरू दिनहुँ सँगै मिलेर घरायसी काम र विशेषगरि यहोवाको उपासना गर्थे। (लेवी १०:१२-१४; व्यव. ३१:१२) अहिले प्रायजसो ठाउँमा पूरै परिवार मिलेर काम गर्ने चलन लगभग हराइसक्यो। तर, परिवार मिलेर काम गर्नुपर्ने र त्यसमा पनि विशेषगरि परिवारका सबै सदस्य मिलेर उपासना गर्नुपर्ने महत्त्वलाई यहोवाका साक्षीहरूले राम्ररी बुझेका छन्‌। यसरी परिवारको सबै जना मिलेर उहाँको उपासना गरेको देख्दा परिवारको आरम्भक पक्कै खुसी हुनुहुन्छ!

२ सँगै मिलेर प्रचार गर्नुहोस्‌: सँगै मिलेर सुसमाचार प्रचार गर्दा पारिवारिक एकता बलियो हुन्छ। त्यसकारण, मण्डलीका अरू भाइबहिनीसँग प्रचारमा जाने प्राचीन आफ्नी पत्नी र छोराछोरीसित पनि नियमित तवरमा प्रचारमा जानुपर्छ। (१ तिमो. ३:४, ५) व्यस्त तालिका हुने परिभ्रमण निरीक्षकहरूले समेत आफ्नी पत्नीसित सँगै प्रचार जाने समय मिलाउँछन्‌।

३ छोराछोरीलाई प्रचारमा लाँदा आमाबाबुले तिनीहरूलाई सुसमाचारका प्रचारक बन्‍न मदत गर्ने मौका पाउँछन्‌। यसरी सँगै प्रचारमा जाँदा आमाबाबुले पाएको आनन्द अनि सन्तुष्टि देख्नुका साथै यहोवा र सँगी मानिसहरूलाई आमाबाबुले कत्ति माया गर्दा रहेछन्‌, त्यो पनि छोराछोरीले अनुभव गर्न पाउँछन्‌। (व्यव. ६:५-७) छोराछोरी हुर्केपछि पनि तिनीहरू सँग प्रचारमा गइरहनुपर्छ। पन्ध्रदेखि २१ वर्षका तीन छोराहरूका आमाबाबु अहिले पनि नियमित तवरमा छोराहरूसित प्रचारमा जान्छन्‌। बुबा यसो भन्छन्‌: “हरेक पटक प्रचारमा निस्कँदा हामी उनीहरूलाई केही न केही कुरा सिकाइरहेका हुन्छौं। छोराहरूलाई प्रचारकार्य रमाइलो अनि प्रोत्साहनदायी लागोस्‌ भनेर हामी कोसिस गरिरहन्छौं।

४ सँगै मिलेर तयारी गर्नुहोस्‌: प्रचारमा जान सँगै मिलेर तयारी गर्दा सबैलाई फाइदा भएको परिवारहरूले अनुभव गरेका छन्‌। पालैपालो प्रचारक वा घरधनी बनेर अभ्यास गर्न पाउँदा केटाकेटीहरू अक्सर रमाइलो मान्छन्‌। केही परिवारले त पारिवारिक अध्ययनको अन्तमा केही मिनेट यस्ता अभ्यासहरू गर्ने गर्छन्‌।

५ आफूलाई मनपर्ने मानिससित मिलेर महत्त्वपूर्ण र सन्तोषप्रद काम गर्दा त हामीलाई रमाइलो लाग्छ भने परिवारसित मिलेर घरघर प्रचार, पुनःभेटहरू र बाइबल अध्ययनहरू सञ्चालन गर्दा हामी झन्‌ कत्ति आनन्दित हुनेछौं! यसरी परिवारसित मिलेर यहोवाको उपासना गर्दा रमाई-रमाई तपाईं यसो भन्‍न सक्नुहुनेछ: “म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।”—यहो. २४:१५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने