प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 मार्च p. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९८
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००२
  • हामीले आफ्नो पहिरन र रूपरङ्‌गमा किन ध्यान दिनुपर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • भद्र पहिरनले परमेश्‍वरप्रति श्रद्धा झल्काउँछ
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 मार्च p. ७

प्रश्‍न पेटी

◼ राज्यभवन, सम्मेलन भवन, बेथेल गृह तथा शाखा कार्यालयहरूमा जाँदा कस्तो पहिरन लगाउनु उपयुक्‍त हुन्छ?

राज्यभवन, सम्मेलन भवन, बेथेल गृह तथा शाखा कार्यालयहरू यहोवाको सेवामा समर्पित विशेष भवनहरू भनेर संसारभरि चिनिएका छन्‌। यी भवनहरू चिटिक्क परेका, सफा अनि व्यवस्थित छन्‌। शैतानको संसारमा भएका भवनहरू भन्दा कत्ति भिन्‍न! यहोवाको सेवामा प्रयोग गरिने यस्ता भवनमा जाँदा हामी पनि यहोवाका समर्पित जनहरू र उहाँको इच्छाबमोजिम गर्नेहरू भनेर चिनिनुपर्छ।

हामी मसीहीहरू आफूलाई हरतरहले “परमेश्‍वरका सेवकहरू हौं भन्‍ने देखाउँछौं” र यसमा उपयुक्‍त अनि भद्र पोसाक लगाउनुका साथै भद्र सृंगार तथा कोरीबाटी गर्नु पनि समावेश छ। (२ कोरि. ६:३, ४, NRV) हाम्रो बानीबेहोरा पनि भद्र भएको आशा गरिन्छ। हर समय हाम्रो पहिरन तथा कोरीबाटी हामीलाई यहोवाका सेवकहरू भन्‍न सुहाउने भद्र अनि शिष्ट हुनुपर्छ। विशेषगरि यहोवाका साक्षीहरूको मुख्यालयमा र विश्‍वभरिका अन्य शाखा कार्यालयहरूमा भ्रमण गर्दा यस कुरालाई विचार गर्नुपर्छ।

उपयुक्‍त पोसाक तथा कोरीबाटीको महत्त्वबारे अर्गनाइज्ड टु डु जेहोभाज्‌ विल (यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित) पुस्तकमा प्रचार र मण्डलीका सभाहरू जाँदा हामी शारीरिक तवरमा स्वच्छ हुनुपर्छ, हाम्रो पहिरन अनि कोरीबाटी भद्र हुनुपर्छ भनेर उल्लेख गरिएको छ। उक्‍त पुस्तकको पृष्ठ १३८, अनुच्छेद ३ (km ६/०७ पृ. ४ अनु. ७) मा यस्तो लेखिएको छ: “नबिर्सनुहोस्‌, बेथेलको अर्थ ‘परमेश्‍वरको घर’ हो। त्यसकारण, हाम्रो पहिरन, कोरीबाटी र आचरण राज्यभवनका सभाहरूमा जस्तो हुन्छ, बेथेलमा जाँदा पनि त्यस्तै हुनुपर्छ।” बेथेल हेर्न आएका स्थानीय प्रकाशकहरू तथा टाढा बस्ने प्रकाशकहरू सबैले यो उच्च स्तर पालन गर्नुपर्छ। बेथेल घुम्न आएकाहरूले यसरी बेथेलप्रति उचित आदर तथा कृतज्ञता देखाउँछन्‌।—भज. २९:२.

हाम्रो पहिरन परमेश्‍वरका “भक्‍ति गर्ने” मानिसहरूलाई सुहाउने किसिमको हुनुपर्छ। (१ तिमो. २:१०) हाम्रो उपयुक्‍त पहिरन तथा कोरीबाटी देखेर अरूले यहोवाको साँचो उपासनाको आदर गर्न सक्छन्‌। तर यहोवाको सेवामा प्रयोग गरिने भवनहरू हेर्न जाँदा केही भाइबहिनीले अति नै अनौपचारिक, ह्वार्लाङ परेको वा अंगप्रदर्शन हुने लुगा लगाएर आएको पाइएको छ। मसीहीहरूले कुनै पनि समयमा यस्तो पहिरन लगाउनु उचित हुँदैन। मसीही जीवनका अन्य पक्षमा जस्तै यस पक्षमा पनि उच्च स्तर कायम राख्दै हामी परमेश्‍वरको महिमा गर्न चाहन्छौं।—रोमी १२:२; १ कोरि. १०:३१.

त्यसकारण, पहिल्यै गरिएको योजनाअनुसार होस्‌ वा छुट्टी मनाउन गएको बेला—मुख्यालय तथा अन्य शाखा कार्यालयहरू जाँदा आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के मेरो पहिरन तथा कोरीबाटी मैले भ्रमण गर्ने भवनको स्वच्छता र मर्यादा झल्काउने खालको छ? के मेरो पहिरन तथा कोरीबाटीले मैले उपासना गर्ने परमेश्‍वरको इज्जत गर्छ? कतै मेरो पहिरन तथा कोरीबाटीले अरूलाई अप्ठेरोमा पार्ने अथवा ठोकर दिने पो हो कि?’ आफ्नो पहिरन तथा कोरीबाटीबाट हामी सधैं “सब कुराबाट परमेश्‍वर हाम्रा उद्धारकर्त्ताको सिद्धान्तको शोभा” बढाऔं।—ती. २:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने