प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 जून p. २
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९८
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००८
  • हामीले आफ्नो पहिरन र रूपरङ्‌गमा किन ध्यान दिनुपर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • असल कामहरू, जुन कहिल्यै बिर्सिइनेछैनन्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 जून p. २

प्रश्‍न पेटी

◼ बेथेल घर तथा शाखा कार्यालयका भवनहरू भ्रमण गर्दा हाम्रो पहिरन कस्तो हुनुपर्छ?

भवनहरू हेर्नको लागि होस्‌ वा बेथेल परिवारका सदस्यहरूलाई भेट्‌नको लागि, बेथेलमा जाँदा “हाम्रो पहिरन, कोरीबाटी र आचरण ठीक त्यस्तै हुनुपर्छ जस्तो उपासनाको लागि राज्यभवनमा उपस्थित हुँदा आशा गरिन्छ।” (om १३१) तथापि, शाखा कार्यालयहरू हेर्न जाँदा कोही-कोही भाइबहिनीहरूले अति नै अनौपचारिक पहिरन लगाएको देखिएको छ। त्यस्तो पहिरन यी भवनहरू हेर्न जाँदा लगाउनु उचित होइन। हाम्रो पहिरन तथा कोरीबाटी उदाहरणीय, चटक्क मिलेको र सुहाउँदो हुनुपर्छ ताकि जुनसुकै समयमा पनि यसले यहोवा परमेश्‍वरका सेवकहरूमा हुनुपर्ने सदाचार र मर्यादा झल्काओस्‌।—१ तिमो. २:९, १०.

बेथेल घर वा शाखा कार्यालयका भवनहरू हेर्न जाँदा यो कुरा झनै महत्त्वपूर्ण छ किनभने यसले थुप्रै गैर-साक्षीहरूको ध्यानाकर्षण गरिरहेको हुन्छ। त्यस्ता व्यक्‍तिहरूले आफूले जे देख्छन्‌, त्यसैको आधारमा परमेश्‍वरका जनहरू र उहाँको संगठनप्रति आफ्नो धारणा राख्छन्‌। बेथेल हेर्न जाने बाइबल विद्यार्थी तथा अन्य व्यक्‍तिहरूलाई उचित पहिरन र कोरीबाटीको महत्त्वबारे सम्झाउनु उपयुक्‍त हुनेछ। यसो गर्नु भएकोमा बेथेल परिवारले तपाईंको मूल्यांकन गर्नेछ।

हाम्रो पहिरन तथा कोरीबाटी अरूको लागि ठोकरको कारण नबनोस्‌ भन्‍ने कुरामा मसीही सेवकहरूको हैसियतमा हामी सजग हुनुपर्छ। (२ कोरि. ६:३, ४) बरु, हाम्रो उचित शिष्टताद्वारा सधैं “सब कुराबाट परमेश्‍वर हाम्रा उद्धारकर्त्ताको सिद्धान्तको शोभा” बढाऔं।—ती. २:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने