प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 नोभेम्बर p. ३
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो विवाह समारोहलाई अझै आनन्दित र मर्यादित बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • यहोवालाई आदर गर्ने आनन्दमय विवाहहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • यहोवाको आदर गर्ने विवाहहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • परमेश्‍वर र मानिसको नजरमा आदरणीय विवाह
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 नोभेम्बर p. ३

प्रश्‍न पेटी

◼ विवाहको समारोहको लागि कुनै जोडी राज्यभवन प्रयोग गर्न चाहन्छ भने तिनीहरूले प्राचीनहरूसित के-कस्ता विषयमा छलफल गर्नुपर्छ?

बाइबल सिद्धान्तसँग मेल खाने किसिमले प्रबन्ध गरिएका विवाहको समारोहले यहोवाको आदर गर्छ। यो कुरा विशेषगरि राज्यभवनमा हुने विवाहको समारोहहरूमा साँचो साबित हुन्छ। किनकि, समाजले त्यहाँ हुने क्रियाकलापलाई हाम्रो संगठनको प्रतिबिम्बको रूपमा हेर्छ। त्यसकारण, विवाहको समारोहको लागि राज्यभवन प्रयोग गर्न दिन अनुरोध गरिएमा “सबै काम शिष्टरूपले र नियमपूर्वक” गर्न स्थानीय प्राचीनहरूले समारोहसँग सम्बन्धित विभिन्‍न विषयमा विवाह गर्ने जोडीसित छलफल गर्नुपर्छ।—१ कोरि. १४:४०.

विवाहको समारोहको लागि राज्यभवन प्रयोग गर्न चाहने जोडीले त्यो भवन प्रयोग गर्ने मण्डलीको सेवा समितिलाई लिखित निवेदन दिनुपर्छ। तिनीहरूले पर्याप्त समयअघि नै निवेदन पेस गर्नुपर्छ र त्यसमा भवन प्रयोग गर्न चाहेको मिति र समय उल्लेख गर्नुपर्छ। विवाहको समारोहको निम्ति भनेर प्राचीनहरूले सभाको तालिकामा परिवर्तन गर्ने छैनन्‌ भन्‍ने कुरा तिनीहरूले मनमा राख्नुपर्छ। यसको साथै, दुलहा-दुलहीले असल व्यक्‍तिको रूपमा नाम कमाएको हुनैपर्छ र बाइबलका सिद्धान्तहरू तथा यहोवाका धार्मिक स्तरहरू अनुरूप जीवन बिताएको हुनैपर्छ।

विवाहको समारोहले हाम्रो मर्यादित परमेश्‍वरको आदर गरोस्‌ भनेर पक्का गर्न समारोहको सम्पूर्ण कार्यक्रमबारे अन्तिम निष्कर्षमा पुग्नुअघि नै जोडीले सेवा समितिसित छलफल गर्नुपर्छ। हुन त प्राचीनहरूले आफ्नो व्यक्‍तिगत विचार लाद्‌नेछैनन्‌ तर समारोहमा आपत्तिजनक हुन सक्ने कुनै पनि योजनालाई प्राचीनहरूले परिवर्तन गर्न आग्रह गर्दा विवाह गर्ने जोडीले त्यो आग्रहबमोजिम गर्नुपर्छ। किङडम मेलोडिज-बाट छानिएका वा हाम्रो गीतिपुस्तकमा पाइने धुन मात्र बजाउन सकिन्छ। राज्यभवन सजाउने हो वा कुर्सीहरू नयाँ तरिकाले मिलाउने हो भने त्यसको लागि पनि अनुमति लिनैपर्छ। फोटो खिचिन्छ वा भिडियो रेकर्ड गरिन्छ भने त्यसले समारोहको मर्यादा नै भङ्‌ग हुन दिनुहुँदैन। मण्डलीका अन्य प्रबन्धमा कुनै असर पर्दैन भने प्राचीनहरूले राज्यभवनमा पूर्वाभ्यास गर्ने अनुमति दिन पनि सक्छन्‌। निमन्त्रणा कार्ड सूचना पाटीमा टाँस्नुहुँदैन। तथापि, राज्यभवनमा हुन गइरहेको विवाहको समारोहबारे मण्डलीलाई जानकारी दिन प्राचीनहरूले सेवा सभामा छोटो घोषणा गर्ने प्रबन्ध भने मिलाउन सक्छन्‌।

विवाहको समारोहमा दुलहा-दुलहीलाई सघाउन छानिएका साथीहरू बप्तिस्माप्राप्त हुनैपर्छ भन्‍ने आवश्‍यकता त छैन। तैपनि, बाइबलका सिद्धान्तहरूसँग असाध्यै नमिल्ने जीवनशैली भएका वा उपस्थित भएकाहरूको मनमा प्रश्‍न खडा गर्न सक्ने आचरण भएकाहरूलाई यस कामको निम्ति छान्‍नु उपयुक्‍त हुँदैन। उपलब्ध भएसम्म, विवाहको भाषण नियुक्‍त प्राचीनले दिनुपर्छ। प्राचीनहरू परमेश्‍वरको वचन सिकाउनमा सिपालु हुन्छन्‌। त्यसकारण, यस महत्त्वपूर्ण समारोहमा लागू हुने बाइबलका सिद्धान्तहरू जोड दिन सक्ने योग्य व्यक्‍तिहरू तिनीहरू नै हुन्‌।—१ तिमो. ३:२.

विवाहको समारोहले विवाह भाषण दिने प्राचीनलाई पनि असर पार्ने भएकोले समारोहबारे उनलाई पनि विस्तृत जानकारी दिनुपर्छ। विवाहअघिको भेटघाटमा तिनीहरूको नैतिक आचरण कस्तो थियो भनेर उनले विवाह गर्ने जोडीलाई भेटेर सोधपुछ गर्नेबेला जोडीले खुलस्त र इमानदार भएर जवाफ दिनुपर्छ। दुलहा वा दुलहीमध्ये कसैको पहिला पनि विवाह भइसकेको थियो भने उनीहरू धर्मशास्त्रीय र कानुनी रूपमा पुनःविवाह गर्न योग्य भएको हुनैपर्छ। (मत्ती १९:९) यसमा छुटानाम गरेको कानुनी प्रमाणको प्रति प्राचीनलाई देखाउनु समावेश छ।

जोडीले प्राचीनहरूसित खुलस्त कुराकानी गरेका छन्‌ र उनीहरूलाई पूर्ण सहयोग गरेका छन्‌ भने विवाहको समारोह सबैको लागि आनन्दित अवसर साबित हुनेछ।—हितो. १५:२२; हिब्रू १३:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने