के तपाईंलाई उपचारसम्बन्धी तपाईंसँग भएको विकल्प थाह छ?
रगतविना शल्यक्रिया गर्ने क्रम संसारभरि नै बढिरहेको छ। रक्तविहीन उपचारका विकल्पहरूबारे के तपाईंलाई राम्ररी थाह छ? थाह हुनु जरुरी छ। तब मात्र तपाईंले उपचार र शल्यक्रियाबारे राम्ररी सोचेर अनि बुझेर निर्णय गर्न सक्नुहुनेछ। नो ब्लड—मेडिसिन मिट्स द च्यालेन्ज भिडियो हेर्नुहोस्। त्यसपछि, के-के सिक्नुभयो, दिइएका प्रश्नहरूलाई आधार मान्दै प्रार्थनापूर्वक विचार गर्नुहोस्। ध्यान दिनुहोस्: यस भिडियोमा शल्यक्रियाका छोटा दृश्यहरू भएकोले कलिला छोराछोरीलाई भिडियो देखाउँदा विचार पुऱ्याउनुपर्छ।
(१) यहोवाका साक्षीहरूले रक्तक्षेपण अस्वीकार गर्नुको मुख्य कारण के हो? (२) यहोवाका साक्षीहरू कस्तो उपचार चाहन्छन्? (३) बिरामीको मौलिक अधिकार भनेको के हो? (४) रक्तक्षेपणका विकल्पहरूको माग गर्नु किन बुद्धिमानी र जिम्मेवारपूर्ण निर्णय हो? (५) रगत धेरै बगेको बेला डाक्टरहरूले तुरुन्तै चाल्ने दुइटा कदम के-के हुन्? (६) वैकल्पिक उपचारका चारवटा सिद्धान्त के-के हुन्? (७) निम्न लक्ष्य हासिल गर्न डाक्टरले के गर्न सक्छन्? (क) सकेसम्म धेरै रगत बग्न नदिन, (ख) रातो रक्तकोष जोगाउन, (ग) रगतको उत्पादन बढाउन, (घ) खेर जान सक्ने रगतलाई पुनः प्रयोगमा ल्याउन। (८) निम्न दुई उपचारबारे बताउनुहोस्: (क) हेमोडाइलुसन र (ख) सेल साल्भेज। (९) रक्तक्षेपणका कुनै पनि विकल्पबारे तपाईंले कस्तो जानकारी माग्नुपर्छ? (१०) के रगत नलिईकन जटिल अनि गम्भीर किसिमका शल्यक्रियाहरू हुन सक्छन्? (११) चिकित्सा क्षेत्रमा कस्तो सकारात्मक प्रगति हुँदैछ?
भिडियोमा प्रस्तुत गरिएका केही उपचारहरू स्वीकार गर्ने वा नगर्ने हरेकले बाइबल प्रशिक्षित अन्तस्करणअनुसार निर्णय गर्नुपर्छ। के तपाईंले आफू अनि आफ्ना छोराछोरीका लागि कुन वैकल्पिक उपचार छान्ने, सुस्पष्ट निर्णय गरेर डी पी ए कार्ड भरिसक्नुभयो? यसबारे विस्तृत जानकारी पाउन जून १५, २००४ अनि अक्टोबर १५, २००० अंकको प्रहरीधरहरा-को “पाठकहरूका प्रश्नहरू” ध्यान दिएर पढ्नुहोस्। त्यसपछि, नोभेम्बर २००६ अंकको हाम्रो राज्य सेवकाई-को परिशिष्टमा भएको “रगतका सूक्ष्म तत्त्व अनि आफ्नै रगत प्रयोग हुने उपचारहरूलाई कुन दृष्टिले हेर्नुपर्छ?” निर्णयपत्रहरू प्रयोग गरेर कुन उपचार स्वीकार्ने वा कुन नस्वीकार्ने, आफैले व्यक्तिगत निर्णय गर्नुहोस्। अन्तमा, आफ्नो छनौट डी पी ए कार्डमा सही तरिकाले भर्नुभयो/भएन पक्का गर्नुहोस्। तपाईंले स्वास्थ्य प्रतिनिधिको रूपमा छानेकाहरू र फरक धार्मिक आस्था भएका परिवारका सदस्यलाई तपाईंको निर्णयबारे पूर्ण जानकारी हुनुपर्छ।
[पृष्ठ ३-मा भएको पेटी]
• आफू र आफ्ना छोराछोरीका लागि कुन वैकल्पिक उपचार छान्ने, सुस्पष्ट निर्णय गरिसक्नुभयो?
• आपत्कालीन अवस्थामा पनि के तपाईंसित पूर्ण विवरण भरेको डी पी ए कार्ड हुन्छ?