प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 जनवरी p. ७
  • उच्चस्तरीय स्वास्थ्योपचार के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उच्चस्तरीय स्वास्थ्योपचार के हो?
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंलाई उपचारसम्बन्धी तपाईंसँग भएको विकल्प थाह छ?
    हाम्रो राज्य सेवा—२०११
  • के तपाईंलाई उपचारसम्बन्धी तपाईंसँग भएको विकल्प थाह छ?
    हाम्रो राज्य सेवकाई—२००९
  • तपाईंले नो ब्लड—मेडिसिन मिट्‌स द च्यालेन्ज भन्‍ने भिडियो हेर्नै पर्छ
    हाम्रो राज्य सेवकाई—२००२
  • नो ब्लड—मेडिसिन मिट्‌स द च्यालेन्ज भन्‍ने भिडिओबाट लाभ उठाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 जनवरी p. ७

उच्चस्तरीय स्वास्थ्योपचार के हो?

“रक्‍तविहीन औषधोपचार खोज्ने व्यक्‍तिले वास्तवमा उच्चस्तरीय उपचार पाउँछ।” यो हो, एनेस्थेसि⁠योलो⁠जिस्ट अनि चिकित्सा निर्देशक डा. माइकल रोजको भनाइ। कुन-कुन उप⁠चार विधि तथा रक्‍तक्षेपणका विकल्प⁠हरू⁠लाई “रक्‍त⁠विहीन औषधोपचार” भन्‍ने नाउँ दिन सकिन्छ? कुनै उप⁠चार वा शल्यक्रिया गर्नु⁠अघि राम्ररी सोचेर बुझेर निर्णय गर्न तपाईंलाई यस प्रश्‍नको जवाफ थाह हुनै पर्छ। कृपया नो ब्लड​—⁠मेडि⁠सिन मिट्‌स द च्यालेन्ज भिडियो हेर्नुहोस्‌। त्यसपछि, निम्न प्रश्‍नहरूको मदत लिएर आफू⁠सित रक्‍तविहीन उपचारबारे पर्याप्त ज्ञान छ/छैन जाँच्नुहोस्‌।​—⁠नोट: भिडि⁠योमा शल्यक्रियाका छोटा दृश्‍यहरू भएकोले आमाबाबुले आफ्ना कलिला केटाकेटीलाई भिडियो देखाउँदा विचार पुऱ्‍याउनुपर्छ।

(१) यहोवाका साक्षीहरूले रक्‍तक्षेपण अस्वीकार गर्नुको मुख्य कारण के हो? (२) यहोवाका साक्षीहरू कस्तो उपचार चाहन्छन्‌? (३) बिरामीको मौलिक अधिकार भनेको के हो? (४) रक्‍तक्षेप⁠णका विकल्पहरूको माग गर्नु किन बुद्धिमानी वा जिम्मेवारपूर्ण निर्णय हो? (५) रगत धेरै बगेको बेला डाक्टरहरूले तुरुन्तै चाल्नुपर्ने दुई वटा कदम के-के हुन्‌? (६) वैकल्पिक उपचारका चार वटा सिद्धान्तहरू के-के हुन्‌? (७) डाक्टरले निम्न लक्ष्य हासिल गर्न के गर्न सक्छन्‌? (क) रगत धेरै बगेर जान नदिने (ख) रातो रक्‍तकोष खेर जान नदिने (ग) शरीरमा अझ धेरै रगत उत्पादन गर्ने (घ) खेर जान सक्ने रगतलाई पुनः प्रयोग गर्ने (८) निम्न दुई उपचारबारे बताउनुहोस्‌: (क) हेमोडाइलुसन र (ख) सेल साल्भेज। (९) रक्‍तक्षेपणका कुनै पनि विकल्पबारे तपाईंले कस्तो जानकारी माग्नुपर्छ? (१०) के रगत नलिईकन जटिल अनि गम्भीर किसिमका शल्यक्रियाहरू हुनसक्छन्‌? (११) चिकित्सा क्षेत्रमा कस्तो सकारात्मक प्रगति हुँदैछ?

यस भिडियोमा प्रस्तुत गरिएका केही उपचारहरू स्वीकार गर्ने वा नगर्ने हरेक व्यक्‍तिले बाइबल प्रशि⁠क्षित अन्तस्करणअनुसार निर्णय गर्नुपर्छ। के तपाईंले आफू अनि आफ्नो छोराछोरीका लागि रक्‍तक्षेपणका विकल्पहरू रोजिसक्नुभयो? परि⁠वारका अरू सदस्यहरू यहोवाका साक्षी नभए तापनि आफ्नो निर्णयबारे कार⁠णसहित उनीहरूलाई बताउनुपर्छ।​—⁠जून १५, २००४ अनि अक्टोबर १५, २००० अंकको प्रहरीधरहरा-को “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने