प्रश्न पेटी
◼ मण्डली वा भाइबहिनीले यहोवाका साक्षीहरूको कानुनी संस्थाले प्रयोग गरेका लोगोहरू प्रयोग गर्नु के उचित हो?
लोगो भनेको सजिलै र स्पष्टसँग चिन्नको लागि बनाइएको नाउँ, संकेत वा चिन्ह हो। वाचटावर लोगो वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनिया र यस संगठनका अन्य संस्थालाई चिनाउने लोगो हो। यहोवाका साक्षीहरूको ख्रीष्टियान मण्डलीले लेटरहेडको रूपमा खुला बाइबल प्रयोग गर्छन्। यहोवाका साक्षीहरूको अन्य संस्थाको अरू नै लोगो छ।
मण्डलीले वा भाइबहिनीले राज्यभवन, राज्यभवन चिनाउने संकेत पाटी, लेटरहेड, व्यक्तिगत सर-सामान र यस्तै अन्य चीजबीजमा संगठनको कानुनी संस्थाको वा यससँग मिल्दोजुल्दो लोगो वा नाउँ प्रयोग गर्नुहुँदैन। संगठनको लोगोलाई यसरी प्रयोग गर्दा मण्डली र संगठनको कानुनी संस्थाबीचको कानुनी सम्बन्धबारे सरकारी अधिकारीहरू, प्रकाशकहरू र अरू अन्योलमा पर्न सक्छन्। त्यसैगरि यस्तो लोगो चिठीपत्रमा प्रयोग गरियो भने मुख्य कार्यालय वा शाखा कार्यालयले अनुमोदन दिएको वा पठाएको चिठीपत्र पो हो कि भन्ने गलत भान पनि पर्न सक्छ।
राज्यभवन वाचटावर संस्थाकै भाग भए तापनि वाचटावर लोगो वा यससँग मिल्दोजुल्दो गरी बनाइएको लोगो राज्यभवनसँग सम्बन्धित भावी परियोजनामा प्रयोग गर्नुहुँदैन। अहिलेकै राज्यभवन प्रयोग गरिरहेका मण्डलीहरूले राज्यभवन चिनाउने संकेत पाटी वा नक्सामा यस्तो लोगो प्रयोग गरिरहेका छन् भने तुरुन्तै परिवर्तन गरिहाल्नु पर्दैन। किनभने यस्तो परिवर्तन गर्दा ठूलो अदलबदल गर्नुपर्ने हुन सक्छ र समय, प्रयास अनि पैसा पनि उत्तिकै लाग्न सक्छ। तथापि, परिवर्तन त्यति ठूलो होइन र त्यति विस्तृत रूपमा काम गर्नुपर्दैन भनेचाहिं तुरुन्तै परिवर्तन गर्नुपर्छ। अन्यथा भवन वा भवन चिनाउने संकेत पाटी पुनर्निर्माण गर्दा परिवर्तन गर्न सकिन्छ।