प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 नोभेम्बर p. २
  • “आत्मामा जोशिलो होओ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “आत्मामा जोशिलो होओ”
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • हामी प्रचारकार्यमा जोसिलो भइरहनैपर्छ
    हाम्रो राज्य सेवकाई—२००७
  • स्मरणार्थ उत्सवको दौडान यहोवा परमेश्‍वर र येशूको जोसको अनुकरण गर्नुहोस्‌।
    हाम्रो राज्य सेवा—२०१५
  • उत्सुकतासाथ सुसमाचार घोषणा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • के तपाईं “असल कामहरूमा जोसिलो” हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 नोभेम्बर p. २

“आत्मामा जोशिलो होओ”

१. हाम्रो प्रचारकार्य कस्तो हुनुपर्छ?

१ ख्रीष्टियान सेवाको कुनै पनि पक्ष गतिहिन हुनुहुँदैन। बरु हामीलाई ‘आत्मामा जोसिलो हुन र प्रभुको सेवा गर्दै रहन’ प्रोत्साहन दिइएको छ। (रोमी १२:११) तथापि, प्रचारकार्यप्रतिको हाम्रो जोस कमजोर पार्न सक्ने थुप्रै कुरा छन्‌। राज्य गतिविधिप्रतिको हाम्रो जोस र उत्साहलाई हामी कसरी “बल्दो” पार्न सक्छौं?—२ तिमो. १:६, ७.

२. व्यक्‍तिगत बाइबल अध्ययन र जोसिलो प्रचारकार्यबीच कस्तो सम्बन्ध छ?

२ व्यक्‍तिगत बाइबल अध्ययन: जसले परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्छ र त्यसमा पाइने सत्यहरूले गर्दा जसको मन छुन्छ त्यो नै प्रभावकारी राज्य प्रचारक हो। (भज. ११९:९७) व्यक्‍तिगत अध्ययनको दौडान बाइबल सत्यहरू थाह पाउँदा यसले हाम्रो हृदयलाई उत्प्रेरित गर्छ र हाम्रो जोस बढाउँछ। यस्ता सत्य प्रदान गर्नुहुनेप्रतिको प्रेम र अरूलाई सुसमाचार बाँड्‌ने हाम्रो चाहनाले परमेश्‍वरको प्रशंसा गर्न र सार्वजनिक रूपमा उहाँको नाम घोषणा गर्न हामीलाई प्रेरित गर्छ। (हिब्रू १३:१५) स्पष्ट छ, तत्परतासाथ सुसमाचार प्रस्तुत गर्दा यसप्रतिको हाम्रो गहिरो कृतज्ञता झल्किन्छ।

३. परमेश्‍वरको आत्माले हाम्रो प्रचारकार्यलाई कसरी असर गर्न सक्छ?

३ परमेश्‍वरको आत्माको लागि प्रार्थना गर्नुहोस्‌: हामी आफ्नै बलमा प्रभावकारी प्रचारकार्य पूरा गर्न सक्दैनौं। विनाबाधा परमेश्‍वरको आत्माले काम गर्दा मात्र साँचो जोस उत्पन्‍न हुन्छ। (१ पत्रु. ४:११) “शक्‍तिको” स्रोतसँग घनिष्ठ हुँदा साहसी भएर साक्षी दिन आध्यात्मिक बल पाउँछौं। (यशै. ४०:२६, २९-३१) प्रचारकार्यमा कठिनाइ सामना गर्नुपर्दा प्रेरित पावलले “परमेश्‍वरबाट सहायता पाए।” (प्रेरि. २६:२१, २२) स्फूर्ति दिने यहोवाको पवित्र आत्माले हामीलाई प्रचारकार्यमा जोसिलो हुन मदत गर्छ। त्यसैले हामीले यसको लागि प्रार्थना गर्नुपर्छ।—लूका ११:९-१३.

४. जोसले कस्तो असल नतिजा ल्याउन सक्छ तर केमा पनि होसियार हुनुपर्छ?

४ राज्य प्रचारकार्यप्रतिको बल्दो जोसले सँगी ख्रीष्टियानहरूबीच अक्सर अझ धेरै जोस उत्पन्‍न गर्छ। (२ कोरि. ९:२) उत्साह र दृढ निश्‍चयतासाथ प्रस्तुत गरिएको सन्देशलाई इलाकाका मानिसहरूले सुन्‍ने सम्भावना प्रबल हुन्छ। तर जोससँगसँगै सधैं होस र नम्रता पनि देखाउनुपर्छ। (ती. ३:२) हामी हर समय घरधनीको मर्यादा गर्न र छनौट गर्ने तिनको स्वतन्त्रताको सम्मान गर्न चाहन्छौं।

५. कस्तो प्रेरित सल्लाहलाई हामीले लागू गर्ने प्रयास गर्नुपर्छ?

५ राज्य उद्‌घोषकहरूको हैसियतमा हामी सधैं ‘आत्मामा जोसिलो होऔं।’ व्यक्‍तिगत बाइबल अध्ययन गरेर र शक्‍तिशाली पवित्र आत्मा दिन सक्ने यहोवालाई प्रार्थना गरेर जोस बढाऔं। यसप्रकार हामी “पवित्र आत्मामा, र ज्यादै आत्मविश्‍वासमा” हाम्रो प्रचारकार्य जोसका साथ पूरा गर्न सक्नेछौं।—१ थिस्स. १:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने