प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जनवरी p. १
  • म प्रचार गर्न योग्यको छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म प्रचार गर्न योग्यको छु?
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • प्रचार गर्न को योग्य छ?
    हाम्रो राज्य सेवकाई—१९९६
  • परमेश्‍वरको वचनका शिक्षकहरूको हैसियतमा पूर्ण सुसज्जित
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • ध्यानपूर्वक अनुकरण गर्नुपर्ने नमूना
    हाम्रो राज्य सेवकाई—१९९४
  • ‘उहाँको पाइलामा टेकेर हिंड्‌नुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 जनवरी p. १

म प्रचार गर्न योग्यको छु?

१. हामीले प्रचार गर्न आफूलाई अयोग्य महसुस गर्नुपर्दैन, किन?

१ यदि तपाईं पनि कहिलेकाहीं आफूलाई यस्तै प्रश्‍न सोध्नुहुन्छ भने चिन्ता नलिनुहोस्‌! सेवकको रूपमा हामीलाई योग्य बनाउने कुरा औपचारिक शिक्षा वा हामीसित भएको जन्मजात खुबी होइन। प्रथम शताब्दीका केही चेलाहरूलाई “अपठित र अजान” भनी चिनाइएको थियो। तैपनि, तिनीहरू सुसमाचारका प्रभावकारी प्रचारकहरू थिए किनभने तिनीहरू येशूले बसाल्नुभएको उदाहरण पछ्याउन कटिबद्ध थिए।—प्रेरि. ४:१३; १ पत्रु. २:२१.

२. येशूका शिक्षाका केही विशेषता के थिए?

२ येशूले कसरी सिकाउनुभयो? उहाँको शिक्षा सरल, व्यावहारिक र सजिलैसँग बुझिने थियो। उहाँले प्रयोग गर्ने प्रश्‍न, दृष्टान्त तथा सरल परिचयले श्रोताको ध्यान खिच्थ्यो। (मत्ती ६:२६) उहाँ मानिसहरूमा निष्कपट चासो देखाउनुहुन्थ्यो। (मत्ती १४:१४) त्यसका साथै, येशू विश्‍वस्त हुँदै र अख्तियारसहित बोल्नुहुन्थ्यो किनकि उहाँलाई थाह थियो, यो जिम्मेवारी यहोवाले दिनुभएको हो र यो पूरा गर्ने शक्‍ति उहाँले दिनुहुन्छ।—लूका ४:१८.

३. सेवाको काम पूरा गर्न यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?

३ यहोवा हामीलाई मदत गर्नुहुन्छ: आफ्नो वचन र संगठनमार्फत हाम्रो महान्‌ शिक्षक हामीलाई सफलतासाथ सुसमाचार प्रचार गर्न चाहिने प्रशिक्षण प्रदान गर्नुहुन्छ। (यशै. ५४:१३) येशूले सिकाउनुभएका तरिकाहरूको रेकर्ड यहोवाले सुरक्षित राखेकोले गर्दा हामी उहाँका तरिकाहरू विश्‍लेषण गर्न र अनुकरण गर्न सक्छौं। यहोवा हामीलाई उहाँको पवित्र आत्मा र मण्डलीका सभाहरूद्वारा प्रशिक्षण दिनुहुन्छ। (यूह. १४:२६) साथै, अझै प्रभावकारी हुन मदत गर्न सक्ने अनुभवी प्रकाशकहरू उहाँ हामीलाई दिनुहुन्छ।

४. अरूलाई सुसमाचार बाँड्‌न योग्य महसुस गर्नुपर्ने कस्तो कारण हामीसित छ?

४ “हाम्रो योग्यता परमेश्‍वरबाट आउँछ।” (२ कोरि. ३:५, NRV) त्यसैले प्रचार गर्न योग्य महसुस गर्नुपर्ने हर कारण हामीसित छन्‌। यहोवामा भर पर्दा र विश्‍वासी भई उहाँका मायालु प्रबन्धहरूको सदुपयोग गर्दा हामी ‘हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध हुन’ सक्नेछौं।—२ तिमो. ३:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने