प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 अगस्त p. २
  • प्रचार गर्न को योग्य छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचार गर्न को योग्य छ?
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • म प्रचार गर्न योग्यको छु?
    हाम्रो राज्य सेवकाई—२०१०
  • परमेश्‍वरको वचनका शिक्षकहरूको हैसियतमा पूर्ण सुसज्जित
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • अहिले कसले सुसमाचार सुनाइरहेका छन्‌?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • “वचन प्रचार गर”
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 अगस्त p. २

प्रचार गर्न को योग्य छ?

१ सेवकाईको सन्दर्भमा के तपाईंले कहिल्यै मोशाले जस्तै महसुस गर्नुभएको छ? तिनले भने: “प्रभो, म बोल्नमा उस्तो सिपालो छैनँ, नता अघि म सिपालो थिएँ न अहिले तपाईं बोल्नुभएपछि म सिपालो भएको छु।” (प्रस्थ. ४:१०) त्यस्तो महसुस गर्नुहुन्छ भने, तपाईंको पनि प्रचारकार्यबाट पन्छिने झुकाउ हुनसक्छ। यद्यपि, येशूले ‘हामीलाई जनतामा प्रचार गर्न र सबैलाई साक्षी दिने आज्ञा गर्नुभएको छ।’ (प्रे. १०:४२) त्यसोभए, हामी सुसमाचारको योग्य प्रचारकहरू कसरी हुने?

२ हामीले कत्तिको सांसारिक शिक्षा हासिल गरेका छौं, त्यसले हामीलाई सेवकाईको निम्ति योग्य बनाउने होइन। पावलले यसो भने, “शरीरअनुसार धेरै जना बुद्धिमान[लाई] . . . बोलावट भएको छैन” र अझ “संसारको ज्ञान परमेश्‍वरको अगि मूर्खता हो।” (१ कोरि. १:२६; ३:१९) येशूले श्रमिक वर्गबाट आफ्ना प्रेरितहरू छान्‍नुभयो, जसमध्ये कम्तीमा चार जना जलारी थिए। घमण्डी धार्मिक नेताहरूले तिनीहरूलाई “अपठित र अजान” ठानी अवहेलना गर्थे। सांसारिक स्तरहरूअनुसार जाँच्ने हो भने प्रेरितहरू प्रचार गर्न अयोग्य थिए। यद्यपि, पत्रुसले पेन्तिकोसको दिनमा दिएको प्रभावशाली भाषण सुनेपछि ३,००० व्यक्‍तिहरू बप्तिस्मा लिन उत्प्रेरित भए!—प्रे. २:१४, ३७-४१; ४:१३.

३ यहोवाले हामीलाई प्रचार गर्न योग्य बनाउनुहुन्छ: पावलले यस्तो घोषणा गरे: “हाम्रो प्रशस्तता परमेश्‍वरतर्फबाट छ।” (२ कोरि. ३:५) बुद्धिको स्रोत यहोवाले लाखौंलाई उहाँको राज्यको सत्यबारे अरूलाई प्रचार गर्न सिकाउनुभएको छ। (यशै. ५४:१३) यो कार्य प्रभावकारी हुनुका साथै फलदायी पनि भएको गत वर्ष ३,३८,४९१ व्यक्‍तिहरूले लिएको बप्तिस्मा अर्थात्‌ जीवित “शिफारिश-पत्र[बाट]” देख्न सकिन्छ। (२ कोरि. ३:१-३) आफूले यहोवाबाट सिकेका कुराहरूबारे निर्भय र दृढतासाथ प्रचार गर्ने हामीसित हर कारण छ।

४ परमेश्‍वरको संगठनले सेवकहरूका लागि अन्तरराष्ट्रिय प्रशिक्षण कार्यक्रम स्थापना गरेको छ। धर्मशास्त्र तथा विविध बाइबल अध्ययन सहायकहरूद्वारा “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित” हुन हामीलाई शिक्षा र प्रशिक्षण दिइन्छ। (२ तिमो. ३:१६, १७) सोसाइटीका प्रकाशनहरूबाट पाएको ज्ञानले धेरै जना प्रभावित भएका छन्‌। उदाहरणका लागि, एक स्विडिस साप्ताहिकले यस्तो उल्लेख गऱ्‍यो: “यहोवाका साक्षीहरूले प्रचार गर्ने विश्‍वासपछाडि उल्लेखनीय उच्च शैक्षिक स्तर हुनुका साथै बाइबल ज्ञानले अन्तरराष्ट्रिय पक्षलाई नै ढाक्छ।”

५ पाँचवटा साप्ताहिक सभाहरूमा दिइने निर्देशन, हाम्रो बाइबल पढाइ तथा अध्ययन कार्यक्रम, ईश्‍वरतान्त्रिक सेवकाई पाठशालामा दिइने सल्लाह, अरू अनुभवी सेवकहरूले दिने व्यक्‍तिगत सहयोग र सबैभन्दा महत्त्वपूर्ण त, यहोवाको पवित्र आत्माको समर्थनको कारण यहोवाले हामीलाई प्रचारक हुन पूर्णतया योग्य ठान्‍नुहुन्छ भनेर निर्धक्क हुनसक्छौं। हो, “परमेश्‍वरबाट पठाइएका जस्तै, परमेश्‍वरका सामुन्‍ने हामी ख्रीष्टमा बोल्दछौं।”—२ कोरि. २:१७.

६ परमेश्‍वरले उहाँको संगठन मार्फत दिनुभएका ईश्‍वरतान्त्रिक प्रशिक्षणहरूको पूर्ण लाभ उठायौं भने, पन्छिने वा तर्सिने कुनै कारण छैन। यहोवाले हाम्रा प्रयासहरूमा आशिष्‌ दिनुहुनेछ भनेर ढुक्क हुँदै हामी आनन्दसाथ अरूलाई प्रचार गर्नसक्छौं।—१ कोरि. ३:६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने