प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अप्रिल p. ५
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • संशोधित जन भाषणहरूद्वारा लाभ उठाउने
    हाम्रो राज्य सेवकाई—१९९५
  • उन्‍नति गर्दै जानुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • श्रव्य रेकर्डिङहरू कसरी प्रयोग गर्न सक्छौं?
    हाम्रो राज्य सेवा—२०१५
हाम्रो राज्य सेवकाई—२०१०
km10 अप्रिल p. ५

प्रश्‍न पेटी

◼ के यहोवाका साक्षीहरूले रेकर्ड गरिएका भाषणहरू वा आफूले लिएको नोटको प्रतिलिपि वितरण गर्नुहुन्छ?

बाइबलआधारित भाषणहरूद्वारा हामी बल र प्रोत्साहन पाउँछौं। (प्रेरि. १५:३२) त्यसैले, सभामा उपस्थित नभएकाहरूसित त्यस्ता प्रोत्साहनजनक जानकारीहरू बाँड्‌न चाहनु स्वाभाविक हो। रेकर्ड गर्ने विभिन्‍न उपकरणहरूले गर्दा आजभोलि एकदमै सजिलोसँग भाषण रेकर्ड गरेर अरूलाई वितरण गर्न सकिन्छ। कसै-कसैले धेरै वर्षअघिदेखिका भाषणहरू रेकर्ड गरेर राखेका छन्‌ र ती, तिनीहरूले असलै मनसायले आफ्ना साथीहरूलाई सुन्‍नका लागि दिन्छन्‌ वा त्यसको प्रति बनाइदिन्छन्‌। अरू कतिपयले बेवसाइटहरू बनाएका छन्‌ र चाहने जो-कोहीले पनि डाउनलोड गरून्‌ भनेर भाषणहरू त्यहाँ राखिदिएका छन्‌।

हुन त आफ्नो व्यक्‍तिगत प्रयोग वा परिवारका सदस्यहरूका लागि भाषणहरू रेकर्ड गर्नुमा कुनै आपत्ति छैन। यसबाहेक, प्राचीनहरूले सभामा उपस्थित हुन नसकेका मण्डलीका असक्‍त भाइबहिनीका लागि भाषणहरू रेकर्ड गर्ने प्रबन्ध मिलाउन सक्छन्‌। तर रेकर्ड गरिएका भाषणहरू वा आफूले लिएको नोटको प्रतिलिपि हामीले वितरण नगर्नु उचित हो।

साधारणतया भाषणहरू स्थानीय आवश्‍यकतालाई मनमा राखेर दिइने भएकोले रेकर्ड गरिएको भाषण वितरण गर्दा त्यसका बुँदाहरूलाई हामीले सजिलै अर्थको अनर्थ लगाउन सक्छौं किनभने भाषण कस्तो अवस्थामा दिइएको थियो हामीलाई थाह हुँदैन। यसबाहेक, भाषण कसले र कहिले दिएको थियो भनेर पुष्टि गर्न हामीलाई गाह्रो हुन्छ। यसले गर्दा हामी प्रस्तुत गरिएको जानकारी नयाँ र सही हो भनेर विश्‍वस्त हुन सक्दैनौं। (लूका १:१-४) साथै रेकर्ड गरिएको भाषण वा आफ्नो नोटको प्रतिलिपि वितरण गर्दा कोही-कोही अनुचित ध्यान र आदर दिन वा लिन लालायित हुन सक्छन्‌।—१ कोरि. ३:५-७.

विश्‍वासी र बुद्धिमान्‌ दासले आध्यात्मिक भोजन ठीक-ठीक “भागमा” र “निश्‍चित समयमा” दिन परिश्रम गर्छ। (लूका १२:४२, NRV) यसमा यहोवाका साक्षीहरूको स्थानीय मण्डलीमा दिइने भाषणहरू र आधिकारिक वेबसाइट jw.org बाट डाउनलोड गर्न सकिने श्रव्य रेकर्डिङहरू पनि समावेश छ। विश्‍वासी र बुद्धिमान्‌ दास अनि यसको परिचालक निकायले हामीलाई विश्‍वासमा दह्रिलो बनाउन आवश्‍यक सबै कुराको प्रबन्ध गर्नेछ भनी हामी ढुक्क हुन सक्छौं।—प्रेरि. १६:४, ५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने