बाइबल अध्ययन थाल्न के तपाईं अघि सर्नु हुँदै छ?
१ प्रथम भेटमा नै मानिसहरू समक्ष बाइबल अध्ययन गर्ने कार्यक्रम प्रस्तुत गरेर, तिनीहरूलाई बाइबल अध्ययन गर्ने मौका दिने गर्दा, धेरैले सफलतापूर्वक बाइबल अध्ययनहरू सुरु गरिरहेका छन्। कति पटक साहित्य अस्वीकार गरेका एक जना व्यक्तिकहाँ जब सोझै गएर बाइबल अध्ययन गर्ने मौका प्रस्तुत गरियो, तब तिनी तयारी मनले राजी भए। तिनले जवाफ दिए: “बाइबल अध्ययन गर्न म सधैं नै इच्छुक थिएँ।” एउटा बाइबल अध्ययन सुरु भयो, र सम्पूर्ण परिवारले शीघ्र प्रगति गरे।
२ बाइबल अध्ययन थाल्ने कार्य प्रति सबै नै चेतनशील हुनु पर्दछ। येशूका चेला हुने व्यक्तिहरूले उन्नति गर्ने हो भने, तिनीहरूले शिक्षा पाउनु पर्छ। (मत्ती २८:१९, २०) शिक्षा पाउनका लागि, सुचारु रूपमा तिनीहरू सित बाइबल अध्ययन गर्नु पर्छ। बाइबल र परमेश्वरका प्रतिज्ञाहरूबारे अझ बढी सिक्ने तरिकाको प्रदर्शन गरेर मात्र पनि घरपट्टीसित बाइबल अध्ययन थाल्न सकिन्छ। एक जना भाइले शान्तिमय नयाँ संसारमा जीवन पर्चा लिएर पाँचवटा अध्ययनहरू थाल्न सके। यत्तिका बाइबल अध्ययनहरूलाई तिनले नियमित तवर्मा सञ्चालन गर्न नसकेका हुनाले, तिनले ती बाइबल अध्ययनहरू अन्य प्रकाशकहरूको जिम्मा लगाउन थाले।
३ बाइबल अध्ययन थाल्न यदि हामीलाई सजिलो लाग्छ भने, प्रकाशकहरूलाई आफूसित लगेर तिनीहरूलाई पनि बाइबल अध्ययनहरू भेट्टाउँने मद्दत हामी दिन सक्छौं। वा हामीले थालेका केही अध्ययनहरू मण्डलीमा भएका अरुहरूको जिम्मामा लगाइ दिन सक्छौं। बाइबल अध्ययन सञ्चालन गर्न तपाईं इच्छुक हुनु हुन्छ भने, घर-घरको सेवकाईमा जाँदाखेरि तपाईंले भेट्नु भएकाहरू सित बाइबल अध्ययन बारे किन कुरा गर्नु हुन्न? एक जना प्रकाशक एउटी ठिटीकहाँ पुनःभेट गर्न गएछन्। तर यस ठिटीले विशेष चासो व्यक्त नगरे तापनि, प्रकाशकले तिनीसित बाइबल अध्ययन गर्ने इच्छा व्यक्त गरेछन्, र ठिटीले पनि स्वीकारीन्। अब त्यो ठिटीको बप्तिस्मा भइ सकेको छ, तथा तिनी र तिनकी बहिनी र ज्वाइँ पनि अचेल सभाहरूमा उपस्थित हुँदै छन्।—गला० ६:६.
४ हामीले अध्ययन गर्न थालेका जम्मै नै व्यक्तिहरूले अध्ययन जारी राख्ने छैनन्। अध्ययन गर्ने सबै जनाले नै सत्य अपनाउँने छैनन्। तर केहीले त अपनाउने छन्। जत्ति धेरै बाइबल अध्ययन हामी थाल्छौं, यहोवाका प्रशंसक हुन अरुहरूलाई मद्दत दिन सक्ने सम्भावना उत्ति नै बढी हुनेछ।