पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा सेप्टेम्बर
“आज थुप्रै मानिसहरू यो पृथ्वी अब चाँडै अन्त हुनेछ भनेर विश्वास गर्छन्। तपाईंलाई पृथ्वीको भविष्य कस्तो छ जस्तो लाग्छ? पृथ्वीका मालिकले के उद्देश्य राख्नुभएको थियो, तपाईं बुझ्न चाहनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्। घरधनी सहमत छन् भने भजन १०४:५ पढ्नुहोस्।] परमेश्वरले यस पृथ्वीको लागि के उद्देश्य राख्नुभएको छ यो पत्रिकाले बताउँछ।”
प्रहरीधरहरा अक्टोबर
स्थानीय मानिसहरूलाई चासो लागेको एउटा समाचार उल्लेख गर्नुहोस्। त्यसपछि यसो भन्नुहोस्: “मानिसहरू किन यस्ता खराब काम गर्छन्, के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वर हामीलाई आशा गर्ने कारण दिनुहुन्छ। बाइबलमा के लेखिएको छ, म देखाउन सक्छु कि? [घरधनीले चासो देखाएमा २ पत्रुस ३:१३ पढ्नुहोस्।] खराबी हुनुको कारण के हो र परमेश्वरले दुष्कर्महरूको अन्त्य चाँडै कसरी गर्नुहुनेछ यो पत्रिकाले बताउँछ।”