नयाँ पुस्तिका प्रस्तुत गर्नेछौं!
१. नोभेम्बर महिनामा हामी कुन प्रकाशन प्रस्तुत गर्नेछौं र यसको उद्देश्य के हो?
१ सन् २००९ को “जागा रहो!” जिल्ला अधिवेशनमा बाइबल—यसले दिने सन्देश के हो? शीर्षकको नयाँ पुस्तिका विमोचन भएको थियो। नोभेम्बर महिना संसारभरका मण्डलीहरूले पहिलो पटक यो पुस्तिका प्रस्तुत गर्नेछन्। हाम्रो इलाकाका मानिसहरूले यो पुस्तिकबाट कस्तो फाइदा पाउन सक्छन्? प्रायजसोलाई र विशेषगरि ख्रीष्टियानहरूबाहेक अन्य धर्मावलम्बीका मानिसहरूलाई बाइबलबारे त्यति थाह छैन। त्यसैले यो पुस्तिकाको पृष्ठ ३ मा यो पुस्तिका “बाइबलबारे आधारभूत ज्ञान दिनको लागि तयार पारिएको हो” भनेर बताइएको छ।
२. यो पुस्तिका कसरी प्रस्तुत गर्न सक्छौं?
२ प्रस्तुत गर्ने तरिका: हामी यस्तै केही भन्न सक्छौं: “यसबारे हामी तपाईंको विचार बुझ्न चाहन्छौं। [२ तिमोथी ३:१६ पढ्नुहोस्] हामीले कुराकानी गरेका थुप्रै यहाँ व्यक्त गरिएको विचारसित सहमत छन् भने केहीलाई बाइबल एउटा असल पुस्तक जस्तो मात्र लाग्दो रहेछ। बाइबलबारे तपाईंको धारणा के होला? [जवाफ दिने मौका दिनुहोस्] हाम्रो धार्मिक आस्था जेसुकै भए तापनि हामी आफैले बाइबललाई केलाएर हेर्नुका थुप्रै राम्रा कारण छन्। [पृष्ठ ३ को सबैभन्दा माथि दिइएको परिचयात्मक टिप्पणी पढ्नुहोस्] यो पुस्तिकामा बाइबलबारे छोटोमीठो तरिकामा प्रस्तुत गरिएको सारांश पढ्दा तपाईंले एउटा रोचक जानकारी पाउनुहुनेछ र त्यो हो: “सम्पूर्ण बाइबलको एउटै मूलभूत विषय र सन्देश।”
३. विशेषगरि अन्य धर्मावलम्बीका मानिसहरू भएको इलाकामा हामीले प्रयोग गर्ने सक्ने अर्को प्रस्तुति कुन हो?
३ अर्को तरिका पनि छ र विशेषगरि ख्रीष्टियानहरूबाहेक अन्य धर्मावलम्बीका मानिसहरू भएको इलाकामा यसो भन्न सक्नुहुन्छ: “यहाँ शास्त्रमा (अथवा यो पवित्र ग्रन्थमा) बताइएको यो कुराबारे हामी तपाईंको विचार बुझ्न चाहन्छौं। [भजन ३७:११ पढ्नुहोस्] यो भविष्यवाणी पूरा हुँदा पृथ्वीको स्वरूप कस्तो हुनेछ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] सबै धर्म अनि संस्कृतिका मानिसहरूले बाइबलबाट पाउन सक्ने आशा अनि सान्त्वनाको यो एउटा नमुना हो।” पृष्ठ ३ को सुरुको अनुच्छेद पढ्नुहोस् र पुस्तिका प्रस्तुत गर्नुहोस्।
४. बाइबल अध्ययन सुरु गर्न यो पुस्तिकाको प्रयोग कसरी गर्न सक्छौं?
४ बाइबल अध्ययन सुरु गर्नुहोस्: पुनःभेटमा घरधनीलाई पहिले गरेको कुराकानी सम्झन मदत गर्न सक्छौं र हामीले यसअघि छानेको भागको अन्तमा दिइएका प्रश्नहरू प्रयोग गर्दै एउटा वा दुइटा अनुच्छेदबाट कुराकानी गर्न सक्छौं। अथवा बाइबलले सिकाउँछ पुस्तक देखाइहाल्ने विचार गर्नुभएको छ भने पुस्तिकाको अन्तिम पाना सँगै पढ्न सक्छौं त्यसपछि पुस्तक दिएर कुनचाहिं अध्याय रोचक लाग्यो भनी सोधेर त्यही अध्यायबाट एउटा वा दुइटा अनुच्छेद छलफल गर्न सक्छौं। नोभेम्बर महिनामा यो पुस्तिका प्रस्तुत गर्न सबैले पूरापूर भाग लिन सकौं!