प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 नोभेम्बर पृ. ५-६
  • गैर-साक्षी पति वा पत्नीलाई मदत गर्न तपाईं अघि बढ्‌न सक्नुहुन्छ कि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गैर-साक्षी पति वा पत्नीलाई मदत गर्न तपाईं अघि बढ्‌न सक्नुहुन्छ कि?
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • बेग्लाबेग्लै धर्म मान्‍ने परिवारहरू पनि आनन्दित हुन सक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • सत्यले ‘शान्ति होइन तर फूट गराउँछ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • विश्‍वास नगर्नेहरू सँग एउटै हलोमा नजोतियौ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • पुरुषहरूलाई साक्षी दिन तयार हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 नोभेम्बर पृ. ५-६

गैर-साक्षी पति वा पत्नीलाई मदत गर्न तपाईं अघि बढ्‌न सक्नुहुन्छ कि?

१. गैर-साक्षी पति वा पत्नीलाई सत्य स्वीकार्न मदत दिन चाहने व्यक्‍तिहरू त्यही परिवारका ख्रीष्टियानहरू मात्र किन होइनन्‌?

१ तपाईंको मण्डलीमा केही प्रकाशकको गैर-साक्षी पति वा पत्नी छन्‌ कि? छन्‌ भने यी प्रकाशकहरू निश्‍चय पनि आफ्नो पति वा पत्नीले आफूसँगै साँचो उपासनामा भाग लिएको चाहन्छन्‌। तर यस्तो चाह गर्ने उनीहरू मात्र होइनन्‌। “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको [“सही,” NW] ज्ञानमा आऊन्‌” भन्‍ने परमेश्‍वरको जस्तै इच्छा सारा मण्डलीले पनि राख्छ। (१ तिमो. २:४) हाम्रो मण्डलीमा भएका प्रकाशकहरूको गैर-साक्षी पति वा पत्नीलाई मदत गर्न हामी कसरी अघि बढ्‌न सक्छौं?

२. गैर-साक्षी पति वा पत्नीलाई मदत गर्न अन्तरदृष्टिले कसरी मदत गर्नेछ?

२ पहिलो, हामीले परिस्थितिलाई गैर-साक्षीको नजरबाट हेर्ने कोसिस गर्नुपर्छ। थुप्रै गैर-साक्षी पति वा पत्नी आफ्नो परिवारलाई माया गर्छन्‌ र राम्रो जीवनसाथी र अभिभावक हुन कोसिस गर्छन्‌। तिनीहरूको धार्मिक आस्था हाम्रोभन्दा फरक होला। सायद यहोवाका साक्षीहरूबारे थाहै नपाएका वा पूर्वाग्रह राख्ने साथीहरूले तिनीहरूलाई जे सुनाएका छन्‌, त्योभन्दा धेरै कुरा थाह नहुन सक्छ। आफ्नो पति वा पत्नीले पहिले परिवारसित बिताउने समय अहिले यहोवाको उपासनामा बिताएकोले कसै कसैलाई रिस उठेको हुन सक्छ। गैर-साक्षी पति वा पत्नीसित दयालु तथा सम्मानजनक व्यवहार गर्न र तिनीसित भेट हुँदा अनावश्‍यक रूपमा आत्तिनदेखि जोगिन हामीलाई अन्तरदृष्टिले मदत गर्नेछ।—हितो. १६:२०-२३.

३. गैर-साक्षी पति वा पत्नीलाई सत्यप्रति राजी गराउने सर्वोत्तम तरिका के हुन सक्छ?

३ व्यक्‍तिगत चासो: गैर-साक्षी पति वा पत्नीलाई सत्यप्रति राजी गराउने सर्वोत्तम तरिका सुरुमा चाहिं हाम्रो व्यवहारबाट हुन सक्छ, बाइबलको छलफलबाट होइन। (१ पत्रु. ३:१, २) यससम्बन्धमा महत्त्वपूर्ण कुरा भनेको व्यक्‍तिगत चासो देखाउनु हो। मण्डलीका बहिनीहरूले गैर-साक्षी पत्नीमा चासो देखाउन सक्छन्‌ भने भाइहरूले चाहिं गैर-साक्षी पतिमा। कसरी?

४. हामी कसरी व्यक्‍तिगत चासो देखाउन सक्छौं?

४ तपाईंले यस्तो पति वा पत्नीलाई अहिलेसम्म भेट्‌नुभएको छैन भने सायद तिनका ख्रीष्टियान पति वा पत्नीसित छलफल गरेपछि यसो गर्न सक्नुहुन्छ। गैर-साक्षी पति वा पत्नीले सुरुमा तपाईंलाई त्यति मतलब गरेनन्‌ भने निराश नहुनुहोस्‌। हामीले देखाएको मित्रभाव र व्यक्‍तिगत चासोले तिनलाई यहोवाका साक्षीहरूलाई अझ निष्पक्ष भएर हेर्न उत्प्रेरित गर्न सक्छ। (रोमी १२:२०) विश्‍वासमा नभएको व्यक्‍तिसित अझ राम्ररी चिनापर्ची गर्न सकियोस्‌ र तिनमा भएको पूर्वाग्रह हटाउन सकियोस्‌ भनेर केही परिपक्व ख्रीष्टियानहरूले तिनी र तिनको परिवारलाई खानाको निम्तो दिएका छन्‌। कुराकानीलाई जबरजस्ती आध्यात्मिक विषयतर्फ लानुको सट्टा तिनीहरूले उक्‍त गैर-साक्षीलाई चासो लाग्ने विषयमा कुराकानी गरेका छन्‌। पछि उक्‍त गैर-साक्षीले सजिलो महसुस गरेपछि आध्यात्मिक कुरामा छलफल गर्ने बाटो खुल्न सक्छ। अथवा मण्डलीको कसै कसैलाई पहिल्यै चिनिसकेकोले पत्नीले सिकिरहेको कुरा बुझ्न कुनै सभामा उपस्थित हुन हामीले दिएको निम्तो तिनले स्वीकार्न सक्छन्‌। तिनी बाइबल सत्य जाँच्न राजी भएनन्‌ भने पनि विश्‍वासमा भएकी पत्नीलाई गरेको समर्थनको लागि निश्‍चय नै तिनको प्रशंसा गर्न सकिन्छ।

५. गैर-साक्षी पति वा पत्नीलाई मदत गर्न प्राचीनहरू कसरी अघि बढ्‌न सक्छन्‌?

५ गैर-साक्षी पति वा पत्नीलाई मदत गर्न विशेषगरि प्राचीनहरू अघि बढ्‌नुपर्छ र साक्षी दिने मौकाप्रति सजग हुनुपर्छ। पहिले बाइबल छलफल गर्न नचाहेको व्यक्‍तिले पनि पछि अस्पतालमा हुँदा वा गम्भीर स्वास्थ्य समस्या आइपर्दा आध्यात्मिक प्रोत्साहनलाई स्वीकार्न सक्छ। धार्मिक विश्‍वास बेग्लै भएको परिवारमा मृत्युजस्ता कठिनाइ आइपर्दा प्राचीनहरूले उक्‍त परिवारलाई सान्त्वना दिंदा गैर-साक्षी पति वा पत्नीलाई पनि उपस्थित हुन निम्तो दिन सक्छन्‌।

६. गैर-साक्षी पति वा पत्नीलाई मदत गर्न हामी अघि बढ्‌नुपर्ने के-कस्ता कारण छन्‌?

६ हाम्रो मण्डलीका ख्रीष्टियान भाइ वा बहिनी आफ्नो पति वा पत्नीले बाइबल सत्य सुनेर त्यसलाई स्वीकार्दा कत्ति रमाउँछन्‌ होला, कल्पना गर्नुहोस्‌ त! यस्तो सुखद क्षणले यहोवा, स्वर्गदूतहरू र मण्डलीका सबैलाई औधी आनन्दित तुल्याउँछ। (लूका १५:७, १०) तर गैर-साक्षी पति वा पत्नीले सुरुमा कुनै प्रतिक्रिया देखाएनन्‌ भने पनि हामीले निरन्तर गरेको प्रयासले “कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा” गर्ने यहोवालाई खुसी पार्ने भएकोले हामी आनन्दित भइरहौं।—२ पत्रु. ३:९.

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

गैर-साक्षी पति वा पत्नीलाई सत्यप्रति राजी गराउने सर्वोत्तम तरिका सुरुसुरुमा हाम्रो व्यवहारबाट हुन सक्छ, बाइबलको छलफलबाट होइन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने