प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 सेप्टेम्बर p. ३
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    हाम्रो राज्य सेवकाई—२००५
  • घरको ढोकामै र टेलिफोनबाट प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००६
  • “तिमीहरूचाहिं यस किसिमले प्रार्थना गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • यहोवाको नजीक रहनु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 सेप्टेम्बर p. ३

प्रश्‍न पेटी

◼ ढोकैमा बाइबल अध्ययन सञ्चालन गर्दा प्रार्थना गर्नुपर्छ?

बाइबल अध्ययनको सुरु र अन्तमा प्रार्थना गर्नुका थुप्रै लाभ छन्‌। प्रार्थना गरेर हामी आफ्नो छलफलमा यहोवाको पवित्र शक्‍ति माग्छौं। (लूका ११:१३) अध्ययन गर्नुको गम्भीरता बुझ्न विद्यार्थीलाई प्रार्थनाले मदत गर्छ र हामीले प्रार्थना गरेको सुन्दा तिनले प्रार्थना गर्ने तरिका पनि सिकिरहेका हुन्छन्‌। (लूका ६:४०) त्यसकारण जतिसक्दो चाँडो प्रार्थना गर्न सुरु गर्नु बेस हो। तथापि परिस्थिति फरक-फरक हुने भएकोले ढोकैमा बाइबल अध्ययन सञ्चालन गर्दा प्रार्थना गर्ने कि नगर्ने भन्‍ने सन्दर्भमा अध्ययन सञ्चालक आफैले समझ चलाउनुपर्छ।

विचार गर्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा भनेको अध्ययन सञ्चालन गरिने वातावरण पनि हो। यदि अध्ययन नियमित रूपमा हुँदै छ र केही हदसम्म भएपनि एकान्त वातावरण छ भने अवस्था विचार गरेर अध्ययनको सुरु र अन्तमा छोटो प्रार्थना गर्न सकिन्छ। तर यदि यसो गर्दा अनावश्‍यक रूपमा वरपरका मानिसहरूको ध्यान खिचिन्छ वा विद्यार्थीलाई अप्ठेरो लाग्छ भने अध्ययन गर्ने एकान्त वातावरण सृजना नहोउन्जेल पर्खनु बेस हुन सक्छ। अध्ययन सञ्चालन गरिने वातावरण जस्तोसुकै भए तापनि कहिलेदेखि प्रार्थना गर्न सुरु गर्ने भन्‍ने सन्दर्भमा हामीले राम्ररी विचार पुऱ्‍याउनुपर्छ।—हाम्रो राज्य सेवकाई, मार्च २००५ को पृष्ठ ८ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने