क्षेत्र सेवामा चनाखो हुनुहोस्
१. क्षेत्र सेवामा किन चनाखो हुनुपर्छ?
१ “ब्वाँसाहरूको बीचमा परेका भेडाहरूजस्तै” परमेश्वरका सेवकहरू “टेढो र भ्रष्ट पुस्ताबीच” प्रचार गरिरहेका छन्। (मत्ती १०:१६; फिलि. २:१५) आजकल मुलुकको अस्थिर अवस्था, सामूहिक दङ्गा-फसाद तथा निर्दयीपूर्ण अपहरणका घटनाहरूको डरलाग्दो समाचार सामान्य भइसकेको छ। यी सबै घटना दुष्ट “मानिसहरू झन्-झन् खराब” हुँदै गइरहेको प्रमाण हो। (२ तिमो. ३:१३) क्षेत्र सेवामा “चनाखो” हुन बाइबलका कस्ता सिद्धान्तहरूले हामीलाई मदत गर्नेछ?—मत्ती १०:१६.
२. कस्ता परिस्थितिहरूमा प्रचार गरिरहेको इलाका छोडेर अन्तै प्रचार गर्नु बुद्धिमानी हो?
२ बुद्धिमानीसाथ कदम चाल्नुहोस्: हितोपदेश २२:३ ले दुःखबाट ‘जोगाउने’ बुद्धिमा जोड दिएको छ। सचेत रहनुहोस्! सामान्यतया सुरक्षित देखिने छरछिमेकीको वातावरण एक्कासि परिवर्तन हुन सक्छ। ठाउँ-ठाउँमा प्रहरीहरू सक्रिय भएर लागेको वा सडकमा मानिसहरूको भीड हुन सक्छ। कहिलेकाहीं दयालु घरधनीले चेतावनी दिन सक्छ। यस्तो अवस्थामा जिज्ञासु भएर त्यहीं अलमलिएर बसिरहनुको साटो तुरुन्तै त्यो ठाउँ छोडेर अन्तै प्रचार गर्नु बुद्धिमानी हो।—यूह. ८:५९; १ थिस्स. ४:११.
३. उपदेशक ४:९ को सिद्धान्त हाम्रो क्षेत्र सेवामा कसरी लागू हुन्छ?
३ मिलेर काम गर्नुहोस्: उपदेशक ४:९ यसो भन्छ, “एकभन्दा दुई असल हो।” क्षेत्र सेवामा एक्लै काम गर्ने तपाईंहरूको बानी छ होला तर के अहिले पनि त्यसरी नै प्रचार गर्नु सुरक्षित छ त? कुनै-कुनै इलाकामा त्यसरी प्रचार गर्न सकिन्छ। तर अरू इलाकामा भने ढोका-ढोकाको प्रचारकार्यमा बहिनी अथवा कुनै जवान एक्लै-एक्लै प्रचार गर्नु सुरक्षित छैन, विशेषगरि सूर्यास्तपछि। एक जना चनाखो साथी आफ्नो साथमै हुनु महत्त्वपूर्ण छ भन्ने कुरा अनुभवले देखाएको छ। (उप. ४:१०, १२) प्रचार समूहका अरू भाइबहिनीमाथि नजर राखिरहनुहोस्। प्रचार इलाका छोडेर जाँदै हुनुहुन्छ भने कसैलाई थाह दिएर जाने बानी गर्नुहोस्।
४. सबै भाइबहिनीको सुरक्षाको लागि हामी के गर्न सक्छौं?
४ एल्डरहरूले हाम्रो ‘हेरचाह गरिरहेकोले’ स्थानीय परिस्थितिलाई विचार गरेर व्यावहारिक निर्देशन दिनु तिनीहरूको जिम्मेवारी हो। (हिब्रू १३:१७) हामी नम्र भयौं अनि एल्डरहरूसँग मिलेर काम गऱ्यौं भने यहोवाले हामीलाई आशिष् दिनुहुनेछ। (मीका ६:८; १ कोरि. १०:१२) परमेश्वरका सबै सेवकले सधैं सतर्क भएर प्रभावकारी तरिकामा साक्षी दिन योगदान पुऱ्याउन सकून्।