प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जून p. १
  • प्रचार गर्नुपर्ने १२ कारण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचार गर्नुपर्ने १२ कारण
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • आफूले पाएको सम्मानको मोल गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०११
  • सेवाको काम—परमेश्‍वरप्रतिको प्रेम देखाउने तरिका
    हाम्रो राज्य सेवकाई—२००९
  • जोडतोडले प्रचार गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • ‘प्रभुमा पाएको सेवा पूरा गर्नलाई होसियार हुनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 जून p. १

प्रचार गर्नुपर्ने १२ कारण

हामी किन घर-घरै प्रचार गर्छौं र मानिसहरूलाई बाइबल अध्ययन गराउँछौं? मुख्यतया निष्कपट मानिसहरूलाई जीवनको बाटोमा हिंड्‌न मदत गर्नको लागि नै हो नि, होइन र? (मत्ती ७:१४) तल दिइएको सूचीको पहिलो कारण यही नै हो तर प्रमुख कारण भने होइन। तपाईंलाई तल दिइएका १२ कारणमध्ये प्रचार गर्नुपर्ने मुख्य कारण कुन हो जस्तो लाग्छ?

१. प्रचार गर्दा मानिसहरूको जीवन जोगिन्छ। —यूह. १७:३.

२. दुष्टले चेतावनी पाउँछ।—इज. ३:१८, १९.

३. बाइबल भविष्यवाणी पूरा हुन्छ।—मत्ती २४:१४.

४. परमेश्‍वरले निर्धारण गरेको स्तर प्रस्ट हुन्छ। उहाँले दुष्टहरूलाई नाश गर्नुअघि पश्‍चाताप गर्ने मौका दिनुभएन भनेर कसैले भन्‍न पाउने छैन। —प्रेषि. १७:३०, ३१; १ तिमो. २:३, ४.

५. येशूको रगतद्वारा किनिएका मानिसहरूलाई परमेश्‍वरसित नजिक हुन मदत गर्ने हाम्रो जिम्मेवारीलाई पूरा गर्न मदत पाउँछौं। —रोमी १:१४, १५.

६. रक्‍तदोषी नहुने मौका पाउँछौं। —प्रेषि. २०:२६, २७.

७. हामीले पनि उद्धार पाउने हो भने प्रचार गर्नु अत्यावश्‍यक छ।—इज. ३:१९; रोमी १०:९, १०.

८. प्रचार गर्दा छिमेकीप्रतिको हाम्रो प्रेम देखिन्छ। —मत्ती २२:३९.

९. यहोवा र उहाँको छोराप्रति हामी आज्ञाकारी छौं भनेर स्पष्ट हुन्छ।—मत्ती २८:१९, २०.

१०. प्रचारकार्य हाम्रो उपासनाको भाग हो। —हिब्रू १३:१५.

११. प्रचार गर्दा परमेश्‍वरप्रतिको हाम्रो प्रेम प्रकट हुन्छ। —१ यूह. ५:३.

१२. प्रचारकार्यले यहोवाको नाम पवित्र पार्न योगदान पुऱ्‍याउँछ।—यशै. ४३:१०-१२; मत्ती ६:९.

माथि दिइएका कारणले मात्र हामीले प्रचार गरेका होइनौं। प्रचार गर्दा हाम्रो विश्‍वास पनि बलियो हुन्छ र परमेश्‍वरको सहकर्मी हुने विशेष मौका पनि पाउँछौं। (१ कोरि. ३:९) तर प्रचार गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कारण १२ नम्बरमा दिइएको छ। मानिसहरूले सुने पनि वा नसुने पनि घर-घरको प्रचारले परमेश्‍वरको नाम पवित्र पार्न योगदान पुऱ्‍याउँछ र यहोवाले उहाँको आलोचना गर्नेलाई मुखभरिको जवाफ दिने मौका पाउनुहुन्छ। (हितो. २७:११) “सिकाउन र . . . सुसमाचार घोषणा गर्न बन्द” नगर्ने सशक्‍त कारण हामीले पाएका छौं।—प्रेषि. ५:४२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने