प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 नोभेम्बर पृ. ३
  • प्रचारकार्यको लागि मदतकारी एउटा शृङ्‌खला

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचारकार्यको लागि मदतकारी एउटा शृङ्‌खला
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल अध्ययन सुरु गर्न तयार पारिएको एउटा नयाँ शृङ्‌खला
    हाम्रो राज्य सेवा—२०११
  • प्रहरीधरहरा-मा नयाँ शृङ्‌खला
    हाम्रो राज्य सेवा—२०१२
  • वेबसाइटका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • “प्रहरीधरहरा”-का अतिरिक्‍त लेखहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 नोभेम्बर पृ. ३

प्रचारकार्यको लागि मदतकारी एउटा शृङ्‌खला

१. “छिमेकीसित कुराकानी” भन्‍ने शृङ्‌खलाको दुईवटा उद्देश्‍य बताउनुहोस्‌।

१ जनवरी २०१४ देखि प्रहरीधरहरा-को जनसंस्करणमा “छिमेकीसित कुराकानी” भन्‍ने शीर्षक भएको शृङ्‌खला प्रकाशित हुनेछ। यस शृङ्‌खलाको दुईवटा उद्देश्‍य छन्‌। ती हुन्‌, बाइबलका शिक्षाहरू मनै छुने तरिकामा प्रस्तुत गर्नु अनि कुनै खास विषयमा कसरी कौशलातापूर्वक कुरा गर्न सकिन्छ भनी हामीलाई सिकाउनु। (१ पत्रु. ३:१५) हामी यी लेखहरूको कसरी सदुपयोग गर्न सक्छौं?

२. प्रचारकार्यमा हामी यो शृङ्‌खला कसरी चलाउन सक्छौं?

२ प्रचारमा प्रयोग गर्नुहोस्‌: यस्ता शृङ्‌खला भएका प्रहरीधरहरा-का थप प्रति आफ्नो साथमा राख्नुहोस्‌। मानिलिनुहोस्‌ घरधनी, जिज्ञासु व्यक्‍ति वा बाइबल विद्यार्थीले कुनै विषयमा प्रश्‍न सोध्यो वा कुरा उठायो र त्यो विषय उक्‍त शृङ्‌खलामा प्रकाशित भइसकेको छ भने त्यस पत्रिकाको एक प्रति दिनुहोस्‌ र छलफल गर्ने प्रस्ताव राख्नुहोस्‌। तपाईंसित उक्‍त प्रति छैन भने jw.org बाट डाउनलोड गर्न सक्नुहुन्छ।

३. घरधनीसित यस शृङ्‌खलामा आएका कुनै पनि लेखबाट कसरी छलफल गर्न सक्छौं?

३ यस शृङ्‌खलामा आएका कुनै पनि लेखबाट तपाईं कसरी छलफल गर्न सक्नुहुन्छ? कसै-कसैले घरधनीलाई संवादमा भएको छिमेकीको भाग पढ्‌न लगाउँछन्‌ र आफैले चाहिं प्रकाशकको भाग पढ्‌छन्‌। अरू कोही व्यक्‍तिको संवादजस्तो सुनिने यस्तो लेखबाट छलफल गर्नु प्रभावकारी हुन्छ किनभने घरधनीलाई त्यस कुराकानीमा आफू मुछिएको जस्तो महसुस हुँदैन र तिनले धक नमानी हाम्रो विश्‍वासबारे जाँच्ने मौका पाउनेछन्‌।—व्यव. ३२:२.

४. आफूलाई प्रशिक्षण दिन हामी यस शृङ्‌खलाका लेखहरू कसरी प्रयोग गर्न सक्छौं?

४ आफू र अरूलाई प्रशिक्षण दिनुहोस्‌: यस्ता लेखहरू पढ्‌दा त्यहाँ चलाइएको शास्त्रपद, उदाहरणका साथै कसरी तर्क गर्दै कुराकानी अघि बढाइएको छ, याद गर्नुहोस्‌। कुराकानीको शैली पनि याद गर्नुहोस्‌। अनि प्रचारकार्यमा यस्तै गर्ने कोसिस गर्नुहोस्‌। (हितो. १:५; ९:९) एक जना बहिनी यसो भन्छिन्‌, “यस्ता लेखहरू पढ्‌नु एक जना ‘सिपालु’ अग्रगामीसित सिक्नुजस्तै लाग्छ। तिनलाई कुन बेला के भन्‍नुपर्छ भनेर थाह हुन्छ।”

५. बाइबल विद्यार्थीलाई प्रचारकार्यको लागि हामी कसरी तयार बनाउन सक्छौं?

५ बाइबल विद्यार्थीलाई प्रचारकार्यको लागि तयार बनाउन पनि यस्ता संवाद प्रयोग गर्न सक्नुहुन्छ। लेख सँगै पढ्‌नुहोस्‌। विद्यार्थीलाई संवादमा भएको प्रकाशकको भाग पढ्‌न भन्‍नुहोस्‌। यसरी बाइबल विद्यार्थीले आफ्नो विश्‍वासबारे कसरी कौशलतापूर्वक बताउने भनेर सिक्न सक्छन्‌। (कल. ४:६) निश्‍चय पनि, सेवाको काम “राम्ररी पूरा” गर्न यहोवाले गर्नुभएका थुप्रै प्रबन्धहरूमध्ये यस्ता लेखहरू पनि एक हुन्‌।—२ तिमो. ४:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने