प्रहरीधरहरा-मा नयाँ शृङ्खला
हरेक महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न हामीले प्रहरीधरहरा-मा भएको “पवित्र शास्त्रबाट सिक्नुहोस्” लेखहरू चलाउँदै आएका थियौं। जनवरीदेखि “पवित्र शास्त्रबाट सिक्नुहोस्”-को सट्टा “बाइबल प्रश्नहरूको जवाफ” भन्ने लेख जनसंस्करणको अन्तिम पृष्ठमा छापिनेछ। प्रचारकार्यमा हामीले जसरी “पवित्र शास्त्रबाट सिक्नुहोस्” भन्ने लेखहरू चलाउँथ्यौं, यो लेख पनि त्यसरी नै चलाउन सकिन्छ। (km ७/११ पृ. ३) अहिलेसम्म गर्दै आएको जस्तै महिनाको पहिलो शनिबार प्रयोग गर्ने नमुना प्रस्तुति हाम्रो राज्य सेवा-मा दिइनेछ।