प्रचारकार्यमा अझै उन्नति गर्ने—परिचयको भाग तयारी गर्नुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ? परिचयको भाग चासो जगाउने खालको छैन भने घरधनीले हाम्रो कुरै नसुन्न सक्छन्। त्यसैले थुप्रै प्रकाशकलाई परिचयको भाग सबैभन्दा महत्त्वपूर्ण हुनुपर्छ भन्ने लाग्छ। हुन त हाम्रो राज्य सेवा र छलफल शुरु गर्ने पुस्तिकामा नमुना प्रस्तुतिहरू दिइएका छन् तर आवश्यकताअनुसार छाँटकाँट गर्न सकियोस् भनेर ती प्रस्तुतिमा परिचयको पूरै भाग दिइएको हुँदैन। यदि पूरै भाग दिइएको छ भने पनि प्रकाशकले त्यसमा हेरफेर गर्न वा छुट्टै प्रस्तुति तयार पार्न सक्छन्। त्यसैले घरधनीलाई भेट्दा मनमा जे आयो त्यही भन्नुभन्दा परिचयको भाग राम्ररी तयारी गरेर कुराकानी सुरु गर्नु प्रभावकारी हुन्छ।—हितो. १५:२८.
यो महिना यसो गरे कसो होला:
पारिवारिक उपासनामा परिचयको भाग तयारी गर्न र अभ्यास गर्न समय छुट्टयाउनुहोस्।
तपाईंले घरधनीसित कसरी कुरा सुरु गर्ने विचार गर्नुभएको छ, त्यसबारे प्रचारकार्यको बेला अरू प्रकाशकलाई सुनाउनुहोस्। (हितो. २७:१७) तपाईंले तयारी गरेको परिचय प्रभावकारी भएन भने अर्को बनाउनुहोस्।