प्रचारकार्यमा अझै उन्नति गर्ने—अनौपचारिक साक्षी दिन आफैले कुराकानी थाल्नुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ? घर-घरको प्रचारमा जाँदा कहिलेकाहीं मानिसहरू घरमा भेटिंदैनन्। तर तिनीहरूलाई सार्वजनिक सवारीसाधन चढ्दा, अस्पतालमा पालो पर्खंदा अथवा बजार जाँदा भेट्न सक्छौं। साथै काम वा स्कूलको खाजा खाने समयमा पनि भेट्न सक्छौं। ती मानिसहरूले पनि राज्य सन्देश सुन्ने मौका पाएको यहोवा चाहनुहुन्छ। (१ तिमो. २:३, ४) तिनीहरूलाई साक्षी दिनका लागि हामी आफैले कुराकानी थाल्नुपर्छ।
यो महिना यसो गरे कसो होला?
अनौपचारिक साक्षी दिने लक्ष्य राखेर हरेक हप्ता कम्तीमा एकचोटि कसैसित कुराकानी गर्नुहोस्।