वेबसाइट पर्चा प्रयोग गर्नुहोस्
पर्चाको विषय छ: जीवनका महत्त्वपूर्ण प्रश्नहरूको जवाफ कहाँ पाइन्छ? जीवनका तीनवटा महत्त्वपूर्ण प्रश्नहरू यस पर्चाको पछिल्लो पानामा दिइएको छ। मौका पाउनुभयो भने तपाईंले कुरा गरिरहेको व्यक्तिलाई कुन चाहिं प्रश्नमा सबैभन्दा बढी चासो लाग्यो भनेर सोध्नुहोस्। त्यसपछि प्रश्नको जवाफ पत्ता लगाउन हाम्रो वेबसाइटको प्रकाशनहरू > पुस्तक र पुस्तिकाहरू भन्ने भाग देखाउनुहोस्। वेबसाइटमा तिनले यस्ता प्रश्नहरूको जवाफ पनि पाउनेछन्: परमेश्वरको राज्य के हो? परमेश्वरको राज्यले के गर्नेछ?
परमेश्वरको राज्यमा हामीले पाउने आशिष्हरूबारे बाइबलले के सिकाउँछ भनी मानिसहरूलाई बुझाउन यस पर्चाका केही प्रति सधैं आफ्नो साथमा राख्नुहोस्।