कुराकानी थाल्ने उदाहरण
जीवनका महत्त्वपूर्ण प्रश्नहरूको जवाफ कहाँ पाइन्छ?
घरधनीले पर्चाको विषय राम्रोसँग देख्न सक्नेगरि तिनलाई पर्चा दिनुहोस् र यसो भन्नुहोस्: “नमस्ते। हामी एउटा महत्त्वपूर्ण सन्देश बाँड्ने विश्वव्यापी अभियानमा भाग लिंदैछौं। तपाईंलाई पनि यस पर्चाको एक प्रति दिन चाहन्छु।”
यदि तपाईं घरधनी नभएको घरमा पर्चा छोड्न चाहनुहुन्छ भने त्यसलाई सुरक्षित ठाउँमा राख्नुहोस् र पर्चालाई कच्याककुचुक नपार्नुहोस्।
घरधनीले चासो देखाएमा वा अझै कुराकानी गर्न चाहेमा त्यस पर्चामा दिइएको प्रश्न र तीनवटा सम्भावित उत्तर देखाउनुहोस् अनि त्यस विषयमा तिनको विचार बुझ्नुहोस्। पर्चाको भित्री पानामा उद्धरण गरिएको भजन ११९:१४४, १६० ले के भन्छ, देखाउनुहोस्। घरधनीलाई यस पर्चामा एउटा वेब साइटबारे बताइएको छ र यो वेबसाइटले जीवनका महत्त्वपूर्ण प्रश्नहरूको बाइबलले दिने चित्तबुझ्दो जवाफ भेट्टाउन मदत गर्छ भन्नुहोस्। (घरधनीसित अझै कुरा गर्ने समय छ भने नमुनास्वरूप बाइबल किन पढ्नुपर्छ? भन्ने भिडियो पनि देखाउन सक्नुहुन्छ।) अन्त्यमा पर्चाको अन्तिम पृष्ठमा भएको तीन वटा प्रश्नहरू देखाउनुहोस् र कुन चाहिं प्रश्न सबैभन्दा रोचक लाग्यो, सोध्नुहोस्। वेब साइटमा त्यस प्रश्नको बाइबलआधारित जवाफ कसरी भेट्टाउने भनेर अर्को चोटि देखाउँछु भन्नुहोस्।
प्रहरीधरहरा अगस्त १
सप्ताहन्तमा मिल्छ भने प्रहरीधरहरा प्रस्तुत गर्न यसो भन्न सक्नुहुन्छ: “तपाईंलाई यो महिनाको हाम्रो पत्रिका पनि दिन चाहन्छु। यस पत्रिकामा ‘के ईश्वर तपाईंको ख्याल राख्नुहुन्छ?’ भन्ने प्रश्नबारे छलफल गरिएको छ।”