जोसिलो भई एक-अर्कालाई सुकर्म गर्न उत्साहित बनाऔं
हिब्रू १०:२४ मा हामीलाई यस्तो प्रोत्साहन दिइएको छ: “आपसमा गहिरो चासो राखेर हामी एक-अर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔं।” राम्रो उदाहरण बसालेर अनि येशूमाथि विश्वास गरेको कुरा आफ्नो जीवनशैलीबाट देखाएर मण्डलीका दाजुभाइ दिदीबहिनीहरूलाई हामी उत्साहित बनाउन सक्छौं। आफ्ना राम्रा अनुभवहरू तिनीहरूलाई बताए कसो होला? यहोवा परमेश्वरको सेवा गर्दा तपाईंले पाउनुभएको आनन्द तिनीहरूले पनि देख्न सकून्। तर आफू र अरूलाई मण्डलीका भाइबहिनीहरूसित तुलना नगर्नुहोस्। (गला. ६:४) यसरी आफ्नो शक्ति अरूलाई निराश वा दोषी महसुस गराउन नभई “प्रेम र सुकर्म” मा उत्साहित बनाउन प्रयोग गरौं। (सेवा स्कूल किताब पृ. १५८, अनु. ४ हेर्नुहोस्।) हामीले अरूलाई प्रेम गर्न उत्साहित बनायौं भने तिनीहरू पनि सुकर्म गर्न अर्थात् अरूलाई भौतिक रूपमा वा प्रचार गरेर मदत गर्न उत्प्रेरित हुनेछन्।—२ कोरि. १:२४.