स्मरणार्थ उत्सवको लागि तयारी गर्नुहोस्
इस्वी संवत् ३३ नीसान १३ को साँझको घटना हो। येशूले आफ्ना घनिष्ठ मित्रहरूसित बिताउने त्यो नै अन्तिम रात थियो। किनभने त्यसको भोलिपल्ट उहाँलाई मृत्युदण्ड दिइने थियो। उहाँले त्यस दिन अन्तिम पटक आफ्ना चेलाहरूसित निस्तार चाड मनाउनु हुने थियो अनि त्यसपछि ‘प्रभुको साँझको भोज’ भनिने नयाँ समारोहको स्थापना गर्नुहुने थियो। यस महत्त्वपूर्ण अवसरको लागि तयारी आवश्यक थियो। त्यसैले उहाँले पत्रुस र यूहन्नालाई तयारी गर्न पठाउनुभयो। (लूका २२:७-१३) त्यसैगरि हरेक वर्ष स्मरणार्थ उत्सव मनाउन ख्रीष्टियनहरूले तयारी गर्नुपर्छ। (लूका २२:१९) त्यसोभए अप्रिल ३ मा मनाइने स्मरणार्थ उत्सवको लागि हामीले के-कस्ता तयारी गर्नुपर्छ?
प्रकाशकहरूले गर्नुपर्ने तयारी:
स्मरणार्थको निम्तो पर्ची बाँड्ने अभियानमा पूरापूर भाग लिनुहोस्।
बाइबल विद्यार्थी, नातेदार, स्कुलका साथी, सहकर्मी तथा अन्य चिनेजानेकाहरूको सूची बनाउनुहोस् र तिनीहरू सबैलाई निम्तो दिनुहोस्।
स्मरणार्थ समयताकाको लागि तयार पारिएका बाइबल पढाइका भागहरू पढ्नुहोस् र मनन गर्नुहोस्।
स्मरणार्थ उत्सवमा चाँडै उपस्थित भएर नयाँ मानिसहरूलाई स्वागत गर्नुहोस्।