प्रचारकार्यमा अझै उन्नति गर्ने—नयाँ प्रकाशकलाई तालिम दिनुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ? नयाँ चेलाहरूले येशूले दिनुभएको आज्ञाका “सबै कुरा” पालन गर्न सिक्नुपर्छ। यसमा अरूलाई सत्य सिकाउनु पनि समावेश छ। (मत्ती २८:१९, २०) नयाँ व्यक्तिहरू ईश्वरतान्त्रिक सेवा स्कुलमा भाग लिन योग्य भइसकेका हुन सक्छन् र तिनीहरूले आफ्ना साथीभाइ र नातेदारहरूलाई अनौपचारिक साक्षी पनि दिइरहेका हुन सक्छन्। अध्ययन गर्दै जाँदा सत्यप्रति तिनीहरूको कदर बढ्दै जान्छ अनि सबै मानिसहरूले सुसमाचार सुनून् भन्ने यहोवा इच्छा गर्नुहुन्छ भनेर पनि बुझ्छन्। यो कुरा बुझेपछि तिनीहरूले प्रचारकार्यमा भाग लिने इच्छा व्यक्त गर्न सक्छन्। (रोमी १०:१३, १४) त्यसपछि यी नयाँ व्यक्तिहरू बप्तिस्मा नभएको प्रकाशकको रूपमा नियुक्त हुन्छन्। आध्यात्मिक रूपमा उन्नति गर्दै जान तिनीहरूलाई राम्रो तालिम चाहिन्छ।—लूका ६:४०.
यो महिना यसो गरे कसो होला?
आफ्नो बाइबल विद्यार्थीसित घरघरको प्रचार जानुहोस् अनि तिनलाई पुनःभेट र बाइबल अध्ययनमा लैजानुहोस्। तर आफ्नो बाइबल विद्यार्थी छैन भने त्यति अनुभव नभएका प्रकाशकलाई आफूसँगै प्रचारमा लैजानुहोस्।