बाइबलमा पाइने अनमोल धन | अय्यूब १६–२० दयालु बोलीद्वारा अरूलाई प्रोत्साहन र बल दिनुहोस् सल्लाह बल दिने किसिमको हुनुपर्छ १६:४, ५ अय्यूब असाध्यै निराश र दुःखी थिए। तिनलाई मदत र सान्त्वना चाहिएको थियो अय्यूबका तीन जना साथीले तिनलाई कुनै सान्त्वना दिएनन्। बरु भए नभएको आरोप लगाए र झनै निराश बनाइदिए बिल्ददको कठोर बोलीले अय्यूबलाई दुःखी बनायो; तिनी रोए १९:२, २५ अय्यूबले दुःखबाट मुक्ति पाउन यहोवालाई बिन्ती गरे। तिनले मर्ने इच्छा व्यक्त गरे अय्यूबले पुनर्जीवनको आशामा ध्यान केन्द्रित गरे र सबै दुःख सहे