बाइबलमा पाइने अनमोल धन | भजन ३४-३७
यहोवामा भरोसा राख्नुहोस् अनि भलाइ गर्नुहोस्
‘अधर्म गर्नेहरूका विरुद्धमा डाह नगर्’
दुष्टहरूको सफलता क्षणिक हुन्छ। त्यसैले उनीहरूको सफलता देखेर यहोवाको सेवा गर्नदेखि नतर्किनुहोस्। बरु यहोवाले दिनुहुने आशिष् र आध्यात्मिक लक्ष्यहरूमा ध्यान दिनुहोस्
“परमप्रभुमा भरोसा राख् र भलाइ गर्”
चिन्तित र निराश हुँदा यहोवाले सहायता गर्नुहुन्छ भनेर भरोसा गर्नुहोस्। तपाईंको विश्वास बलियो बनाइराख्न उहाँले मदत गर्नुहुनेछ
परमेश्वरको राज्यको सुसमाचार प्रचार गरिरहनुहोस्
“परमप्रभुमा मग्न हो”
परमेश्वरको वचन पढ्ने र मनन गर्ने समय निकाल्नुहोस्। यसो गर्दा यहोवालाई अझ राम्ररी चिन्न सक्नुहुनेछ
“आफ्नो मार्ग परमप्रभुलाई सुम्पी”
यहोवाले जस्तोसुकै समस्याको सामना गर्न मदत गर्नुहुनेछ भन्ने कुरामा पूरा भरोसा गर्नुहोस्
विरोध, खेदो आइपर्दा वा झूटो आरोप लगाइँदा असल आचरण देखाउन नछोड्नुहोस्
“परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर”
३७:७-९, NRV
आनन्द खोस्न सक्ने र यहोवासितको सम्बन्ध बिगार्न सक्ने कामहरू नगर्नुहोस्
“नम्रहरूले देश अधिकार गर्नेछन्”
नम्र हुनुहोस् अनि यहोवाले सबै अन्याय हटाउनुहुने दिनको प्रतीक्षा गर्नुहोस्
मण्डलीका दाजुभाइ दिदीबहिनीलाई मदत गर्नुहोस्। निराश भएकाहरूलाई आउँदै गरेको नयाँ संसारबारे बताएर सान्त्वना दिनुहोस्
परमेश्वरको राज्यले सोच्दै नसोचेको आशिष् ल्याउनेछ