ख्रीष्टियन जीवन
“परमेश्वर मेरा सहायक हुनुहुन्छ”
दाऊदले आफ्नो जीवनमा विभिन्न समस्या भोगे। त्यतिबेला तिनले कस्तो महसुस गरे भन्ने कुरा भजन ५२-५९ मा उल्लेख गरिएको छ। यस्तो गाह्रो अवस्थामा पनि तिनले यहोवामाथि भरोसा राखे। (भज ५४:४; ५५:२२) यहोवाको वचनको लागि तिनले उहाँको प्रशंसा गरे। (भज ५६:१०) के हाम्रो पनि दाऊदको जस्तै विश्वास र यहोवामाथिको भरोसा छ? गाह्रो अवस्था आइपर्दा के हामी डोऱ्याइको लागि यहोवाको वचनमा भर पर्छौं? (हितो २:६) यी अवस्थामा तपाईंले कुन शास्त्रपदबाट बल पाउनुभएको छ:
निराश हुँदा
बिरामी पर्दा
कसैले बेइज्जत गर्दा
खेदोमा पर्दा