प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 नोभेम्बर p. ५
  • बाइबलले हामीलाई के सिकाउँछ किताब कसरी प्रयोग गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलले हामीलाई के सिकाउँछ किताब कसरी प्रयोग गर्ने?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • महान्‌ शिक्षकको अनुकरण गर्दै बाइबलले सिकाउँछ पुस्तक चलाएर अध्ययन गराउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • बाइबलले जे सिकाउँछ, त्यही पालन गर्न अरूलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • बाइबलले सिकाउँछ—बाइबल अध्ययन गराउने मुख्य पुस्तक
    हाम्रो राज्य सेवकाई—२००६
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 नोभेम्बर p. ५

ख्रीष्टियन जीवन

बाइबलले हामीलाई के सिकाउँछ किताब कसरी प्रयोग गर्ने?

बाइबलले हामीलाई के सिकाउँछ?

सिकाउँछ किताब र बाइबलले सिकाउँछ किताब मिल्दोजुल्दो छ। यी दुवै किताबले एउटै सत्यबारे बताउँछ र विषयवस्तुलाई उस्तै क्रममा राखिएको छ। तर सिकाउँछ किताबमा प्रयोग गरिएका शब्द र तर्कहरू अझ सरल छन्‌। बाइबलले सिकाउँछ किताब बुझ्न गाह्रो हुनेहरूका लागि यो किताब तयार पारिएको हो। सिकाउँछ किताबमा अतिरिक्‍त लेखको सट्टा नोटहरू प्रयोग गरिएको छ। अनुच्छेदमा भएका केही शब्द तथा विचारलाई यी नोटहरूमा सरल तरिकामा व्याख्या गरिएको छ। यस किताबमा परिचय प्रश्‍न तथा पुनरावृत्ति पेटी छैन। बरु अनुच्छेदहरूमा छलफल गरिएको बाइबल सत्यलाई सारांशमा बताएर समापन गरिएको छ। बाइबलले सिकाउँछ किताबजस्तै सिकाउँछ किताब जहिले पनि प्रस्तुत गर्न सकिन्छ। यसको लागि यो किताब प्रस्तुत गर्ने महिना पर्खेर बस्नु पर्दैन। बाइबल अध्ययन सञ्चालन गर्दा सिकाउँछ किताबमा भएका महत्त्वपूर्ण विशेषताहरूलाई कसरी प्रयोग गर्न सक्छौं?

सिकाउँछ किताबको अध्याय सारांश

सारांश: धेरैजसोका लागि बाइबलले सिकाउँछ किताबजस्तै अनुच्छेद पढ्‌दै, प्रश्‍न सोध्दै बाइबल अध्ययन सञ्चालन गर्नु उपयोगी हुन्छ। तर बाइबल विद्यार्थीलाई भाषाको समस्या छ वा तिनी राम्रोसँग पढ्‌न सक्दैनन्‌ भने सिकाउँछ किताब प्रयोग गर्न सक्नुहुन्छ। अध्यायको सारांश प्रयोग गरेर अध्ययन सञ्चालन गर्न सक्नुहुन्छ अनि अनुच्छेदहरूचाहिं विद्यार्थी आफैलाई पढ्‌न प्रोत्साहन दिन सक्नुहुन्छ। तपाईंले हरेक बाइबल सत्यलाई १५ मिनेटजतिमै सिकाउन सक्नुहुन्छ। यी सारांशमा अनुच्छेदका कुराहरू विस्तृत रूपमा बताइएको छैन। त्यसैले अध्ययन सञ्चालकले विद्यार्थीको आवश्‍यकता मनमा राख्दै राम्ररी तयारी गर्नु आवश्‍यक छ। अनुच्छेदहरू पढेर छलफल गर्दै हुनुहुन्छ भने यी सारांशलाई पुनरावृत्तिको रूपमा प्रयोग गर्न सक्नुहुन्छ।

सिकाउँछ किताबको नोट

नोट: नोटमा भएका शब्द तथा विचारहरूलाई अनुच्छेदमा जुन क्रमअनुसार राखिएको थियो, त्यही क्रमअनुसार राखिएको छ। सिकाउँछ किताबमा भएका नोटहरूलाई अध्ययनको दौडान छलफल गर्ने कि नगर्ने भनेर अध्ययन सञ्चालकले निर्णय गर्न सक्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने