प्रश्न पेटी
◼ बाइबल विद्यार्थीहरूसित कुन दुइटा प्रकाशनबाट अध्ययन सञ्चालन गर्नुपर्छ?
बाइबल अध्ययन सुरु गर्ने र सञ्चालन गर्ने मुख्य प्रकाशन बाइबलले सिकाउँछ किताब हो। अर्को प्रकाशनबाट बाइबल अध्ययन सुरु गर्नै मिल्दैन भन्न खोजिएको चाहिं होइन। जस्तै: कुनै पनि उपयुक्त पर्चाबाट बाइबल अध्ययन सुरु गर्न सकिन्छ। तर बाइबलले सिकाउँछ किताबबाट नै अध्ययन थाल्न सकेसम्म छिट्टै प्रयास गर्नुपर्छ। बाइबलले सिकाउँछ किताबबाट अध्ययन सुरु गर्दा निकै राम्रा परिणामहरू प्राप्त भएका छन्।
बाइबलले सिकाउँछ किताबबाट अध्ययन गराउन सकिएपछि र बाइबल विद्यार्थीले पनि उन्नति गर्न थालेपछि परमेश्वरको उपासना किताबबाट अध्ययन गराउनुपर्छ। (कल. २:७) उक्त किताबको पृष्ठ २ मा यसको उद्देश्यबारे यस्तो लेखिएको छ: “परमेश्वरलाई प्रेम गर्ने सबैलाई बाइबलले उहाँका अनमोल सत्यको ‘उँचाइ र गहराइ . . . बुझ्नालाई’ आग्रह गर्छ। (एफिसी ३:१८) त्यसैको लागि यो पुस्तक तयार पारिएको हो। आशा छ, यसले तपाईंलाई आध्यात्मिकतामा बढ्न अनि परमेश्वरको धार्मिक नयाँ संसारमा जीवनतर्फ डोऱ्याउने साँघुरो बाटोमा हिंड्न अझ सक्षम बनाउनेछ।”
यी दुवै किताबबाट अध्ययन सकिनुअघि नै विद्यार्थी बप्तिस्मा लिन योग्य भइसकेका छन् भने पनि परमेश्वरको उपासना किताब नसिद्धिएसम्मै अध्ययन गराइरहनुपर्छ। विद्यार्थीले बप्तिस्मा लिइसकेको भए तापनि सञ्चालकले समय, पुनःभेट र बाइबल अध्ययन रिपोर्ट गर्न सक्छन्। सञ्चालकसँगै अर्का प्रकाशक पनि अध्ययनमा बसेका छन् र अध्ययनमा मदत गरेका छन् भने तिनले पनि समय रिपोर्ट गर्न सक्छन्।