प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अप्रिल पृ. ५
  • निष्क्रियहरूलाई प्रोत्साहन दिन सक्नुहुन्छ कि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निष्क्रियहरूलाई प्रोत्साहन दिन सक्नुहुन्छ कि?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • निष्क्रिय भएकाहरूलाई नबिर्सनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • “मकहाँ फर्क”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • तिनीहरूलाई झट्टै फर्किहाल्न मदत दिनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • बगालबाट तर्किएकाहरूलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अप्रिल पृ. ५

ख्रीष्टियन जीवन

निष्क्रियहरूलाई प्रोत्साहन दिन सक्नुहुन्छ कि?

हराएको भेडालाई बचाउन खोज्दै गरेका गोठाला

अप्रिल ११, मङ्‌गलबारको साँझ थुप्रै निष्क्रिय व्यक्‍तिहरू स्मरणार्थ उत्सवमा उपस्थित हुनेछन्‌। तिनीहरूले कुनै समय जीवनको दौड सुरु गरेको भए तापनि अहिले विभिन्‍न कारणले सुस्ताएका हुन सक्छन्‌। त्यसमध्ये केही कारण यहोवातर्फ फर्कनुहोस्‌ (अङ्‌ग्रेजी) भन्‍ने किताबमा पनि बताइएको छ। (हिब्रू १२:१) तर निष्क्रियहरू यहोवाको नजरमा अनमोल नै रहिरहन्छन्‌। किनभने उहाँले तिनीहरूलाई आफ्नो प्यारो छोराको रगतद्वारा किन्‍नुभएको हो। (प्रे २०:२८; १प १:१८, १९) त्यसोभए, निष्क्रियहरूलाई मण्डलीमा फर्कन हामी कसरी मदत गर्न सक्छौं?

आफ्नो बगालबाट तर्केर गएका भेडालाई गोठालोले जसरी धुइँधुइँती खोज्छन्‌, त्यसरी नै मण्डलीका एल्डरहरूले पनि निष्क्रियहरूलाई लगनशील भएर खोज्छन्‌ र मदत गर्छन्‌। (लूका १५:४-७) यसो गर्दा यहोवाको माया झल्किन्छ। (यर्मि २३:३, ४) के यस्तो जिम्मेवारी एल्डरहरूको मात्र हो? होइन। यो जिम्मेवारी हामी सबैको हो, हामी सबैले तिनीहरूलाई प्रोत्साहन दिन सक्छौं। हामी दयालु र अरूप्रति विचारशील हुँदा यहोवालाई खुसी पारिरहेका हुन्छौं र असल इनाम पनि पाउन सक्छौं। (हितो १९:१७; प्रे २०:३५) त्यसैले तपाईं क-कसलाई प्रोत्साहन दिन सक्नुहुन्छ, मनन गर्नुहोस्‌ अनि मदतको हात अघि बढाउनुहोस्‌!

झ्यालबाट बाहिर हेर्दै गरेकी लोरा, प्रार्थना गर्दै गरेकी अबी, अबी र लोरा अङ्‌गालो हाल्दै, फोटो खिच्न पोज दिंदै

निष्क्रियहरूलाई प्रोत्साहन दिनुहोस्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌, त्यसपछि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • अबीले आफूले नचिनेको साक्षीलाई भेट्‌दा कस्तो कदम चालिन्‌?

  • निष्क्रियहरूलाई मदत गर्न चाहन्छौं भने हामीले किन सुरुमा एल्डरहरूलाई बताउनुपर्छ?

  • अबीले दोस्रो पल्ट लोरालाई भेट्‌न कस्तो तयारी गरिन्‌?

  • अबीले लोरालाई प्रोत्साहन दिंदा लगनशील प्रयास गरेको, धीरजी भएको र प्रेम गरेको कुरा कसरी देखाइन्‌?

  • येशूले बताउनुभएको लूका १५:८-१० को दृष्टान्तबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

  • सबै जना मिलेर लोरालाई मदत गर्दा कस्तो आशिष्‌ प्राप्त भयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने