प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 फेब्रुअरी p. १२
  • निष्क्रिय भएकाहरूलाई नबिर्सनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निष्क्रिय भएकाहरूलाई नबिर्सनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • “मकहाँ फर्क”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९८
  • तिनीहरूलाई झट्टै फर्किहाल्न मदत दिनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 फेब्रुअरी p. १२

निष्क्रिय भएकाहरूलाई नबिर्सनुहोस्‌

१. निष्क्रिय भएकाहरूलाई प्रोत्साहन दिने प्रयास किन गर्नुपर्छ?

१ निष्क्रिय भएको कसैलाई चिन्‍नुहुन्छ कि? सायद, तिनी मण्डलीका सभाहरू आउन छोडे होलान्‌ र तर्केर गए होलान्‌। घर-घरमा प्रचार गर्दा तपाईंले यस्तो व्यक्‍तिलाई भेट्‌नुभएको हुन सक्छ। निष्क्रिय भएका व्यक्‍तिहरू अझै पनि हाम्रा आध्यात्मिक भाइबहिनी नै हुन्‌ भनेर हामीले बिर्सनु हुँदैन। हामी उनीहरूलाई माया गर्छौं भनेर ढुक्क बनाउन चाहन्छौं र उनीहरूलाई मण्डलीमा र ‘हाम्रो प्राणका गोठाला र धर्माधिकारकहाँ फर्किआउन’ मदत गर्न चाहन्छौं।—१ पत्रु. २:२५.

२. निष्क्रिय भएको व्यक्‍तिलाई कसरी प्रोत्साहन दिन सक्छौं?

२ चासो लिन्छौं भनेर देखाउनुहोस्‌: टेलिफोनमा छोटो कुराकानी गर्दा अथवा एकैछिन भेट्‌न जाँदा निष्क्रिय भएकाहरूलाई हामीले बिर्सेका छैनौं भनेर ढुक्क गराउन सक्छौं। त्यतिखेर हामी के भन्‍न सक्छौं? ‘हामी तपाईंलाई सम्झिरहेका थियौं’ भन्‍नु मात्र पनि प्रोत्साहनदायी हुन सक्छ। तपाईंहरूको कुराकानी रमाइलो अनि उत्थानदायी होस्‌। (फिलि. ४:८) हामीलाई हालै सभामा रमाइलो लागेको कुनै बुँदाबारे तिनलाई बताउन सक्छौं। तिनलाई अर्को सभामा वा आउँदै गरेको सम्मेलनमा निम्तो दिन सक्छौं र ‘तपाईंको लागि सिट राखिदिऊँ कि’ अथवा ‘सभामा जान लिन आउँछु है’ भन्‍न सक्नुहुन्छ।

३. एउटी निष्क्रिय बहिनी कसरी फेरि सक्रिय भइन्‌?

३ एक पटक प्रचारमा जाँदा २०/२२ वर्षदेखि निष्क्रिय भएकी बहिनी फेला परिन्‌। तिनी बाइबल अध्ययन गर्न इच्छुक थिइनन्‌। तैपनि तिनलाई भेट्टाउने बहिनी फेरि भेट्‌न गइरहिन्‌ र नयाँ पत्रिका दिइरहिन्‌। जिल्ला अधिवेशन सिद्धिएपछि प्रकाशक बहिनीले निष्क्रिय भएकी बहिनीलाई अधिवेशनको मुख्य-मुख्य कुरा सुनाइन्‌। यसरी चासो देखाउँदा आखिर त्यो निष्क्रिय बहिनी फेरि सक्रिय भइन्‌।

४. मण्डलीका सभाहरूमा उपस्थित भएर फेरि हामीसित संगत गर्न थालेकाहरूसित हामीले कस्तो व्यवहार गर्नुपर्छ?

४ कोही फर्केका छन्‌ भने: निष्क्रिय भएका भाइ अथवा बहिनी फेरि सभाहरूमा आउन थालेका छन्‌ भने, हामीले तिनीसित कस्तो व्यवहार गर्नुपर्छ? येशूले उहाँलाई त्याग्ने चेलाहरू फेरि उहाँकहाँ फर्कंदा तिनीहरूसित कस्तो व्यवहार गर्नुभयो? उहाँले तिनीहरूलाई माया गरेर “मेरा भाइहरू” भनेर सम्बोधन गर्नुभयो र तिनीहरूमाथि भरोसा गर्नुभयो। उहाँले तिनीहरूलाई महत्त्वपूर्ण जिम्मा पनि दिनुभयो। (मत्ती २८:१०, १८, १९) त्यसपछि त तिनीहरूले जोसिलो भई सुसमाचार सुनाउन “बन्द गरेनन्‌।”—प्रेरि. ५:४२.

५. निष्क्रिय भएको व्यक्‍तिसित के गर्नुअघि हामीले प्राचीनहरूसित कुराकानी गर्नुपर्छ, बताउनुहोस्‌।

५ निष्क्रिय भएका भाइ वा बहिनीसित फेरि बाइबल अध्ययन थाल्नुअघि अथवा लामो समयदेखि निष्क्रिय भएको व्यक्‍तिलाई फेरि हामीसित प्रचारमा जान निम्तो दिनुअघि प्राचीनहरूसित सल्लाह माग्नुपर्छ। प्रचारमा जाँदा निष्क्रिय भएको प्रकाशकलाई भेट्‌यौं भने प्राचीनहरूलाई खबर गर्नुपर्छ। यसो गर्दा प्राचीनहरूले त्यस निष्क्रिय व्यक्‍तिलाई आवश्‍यक मदत दिन सक्नेछन्‌।

६. निष्क्रिय भएकाहरूलाई मदत गर्दा हामीले कस्तो आनन्द अनुभव गर्न पाउनेछौं?

६ आफ्नो दौड सिध्याउनेहरूले मात्र उद्धार पाउनेछन्‌ भनेर बाइबलमा स्पष्टसित बताइएको छ। (मत्ती २४:१३) त्यसकारण, ठोकर खाएका अथवा तर्किएकाहरूलाई पनि सम्झनुहोस्‌। यहोवाले जस्तै माया गरेर उनीहरूलाई साँचो चासो देखायौं भने एकदिन अवश्‍य उनीहरू फर्केर हामीसँगसँगै पवित्र सेवामा लागेको हेर्न पाउनेछौं।—लूका १५:४-१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने